Fri. Apr 26th, 2024

देशभर प्रदर्शनमा आएको चलचित्र मुखौटाले राम्रो व्यापार गर्न नसकेपछि अब सोहि युनिटले मुखौटा २ बनाउने घोषण गरेको छ । मुखौटा युनिटले प्रेस विज्ञप्ती जारी गर्दै मुखौटा २ को सिनेमा सिक्वेल बनाउने उल्लेख गरेको छ ।
चलचित्र मुखौटालाई अर्पण थापाले निर्देशन गरेका हुन भने रविन श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा मल्टिस्टार कलाकारहरुले अभिनय गरेका थिए । चलचित्रले प्रदर्शन भएको पहिलो सातामा ५० लाख कलेक्शन गरेको थियो । झण्डै १ करोड बजेटमा तयार भएको चलचित्र मुखौटाबाट निर्माताले २५ लाखमात्र आफनो हातमा पार्न सफल भए । मुखौटा २ चलचित्रका लागि कलाकार र छायांकन मिति भने तय नभएको मुखौटा युनिटले बताएको छ ।

%d bloggers like this: