Mon. Nov 28th, 2022

अभिनेत्री ऋचा सिंह ठकुरी बिवाह बन्धनमा बाँधिएकी छिन् । करिब एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी ऋचाले बिराटनगर घर भई हाल अष्ट्रेलियन एनआरएन गजेन्द्रराज थापासँग विवाह गरेकी हुन् ।

गजेन्द्र र ऋचाको बसुन्धरा स्थित दियालो पार्टी प्यालेसमा शुक्रबार वैदिक विधि अनुसार विवाह सम्पन्न भएको हो । उनीहरुको पहिलो भेट पारिवारिक जमघटका अवसरमा भएको थियो ।
त्यसयता सम्पर्कमा रहेका दुवैले केही समयपछिको प्रेम पश्चात विवाह गर्ने निर्णय गरेका थिए । घरबाट पनि विवाहका लागि स्विकृति दिएपछि प्रेम सुरु भएको ऋचाले बताईन् ।
बिहेपछि पनि परिवारको र श्रीमानको साथ भएकाले फिल्ममा अभिनय गर्ने सम्भावना रहेको ऋचाको भनाई छ। तर कहिले फिल्ममा फर्कने भन्ने कुरा तय नभएको उनले बताईन् ।
नाईं नभन्नु ल’ बाट नेपाली फिल्ममा ‘डेब्यु’ गरेकी ऋचाले ‘म तिम्रो भईसकेुं, धड्कन भित्रु, ‘मन मनै मन पराएँ’, ‘माया गर ल’, ‘खुड्किलो’ गरी करिब दर्जन फिल्ममा अभिनय गरेकी छिन् ।