Sat. Apr 27th, 2024

काठमाडाैँ । चलचित्र निर्माता संघले फिल्मकर्मीलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउन माग गरेको छ । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको फयस क्षेत्रलाई निषेधाज्ञा खुलेपछि गतिशिल बनाउन संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग खोपको माग गरेको हो ।
संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पत्र बुझाउँदै ५ हजार कोभिड खोप माग गरेका हुन् ।
संघको मागप्रति मन्त्री तामाङ सकारात्म देखिएको बताइएको छ । ‘चलचित्रकर्मीले आजका मितिसम्म खोप उपभोग गर्न पाएका छैनन् । संघको ४ सय ५० सदस्यसहित अन्य संघ-संस्थाले उपलब्ध गराएको नामावलीको आधारमा ४ हजार ५ सयदेखि ५ हजार खोप उपलब्ध गराउन अनुरोध गर्दछौं ।’ संघले स्वास्थ्य मन्त्रालयलाई बुझाएको पत्रमा भनिएको छ ।
यसअघि चलचित्र विकास बोर्डले पनि मन्त्रालयसँग फिल्मकर्मीका लागि खोप माग गरेको थियो ।

 

Leave a Reply

%d bloggers like this: