Wed. May 8th, 2024

काठमाडाैँ । अभिनेत्री श्वेता खड्काले बाढी तथा पहिरो पिडीतहरूका लागि राहत संकलन सुरू गरेकी छन् । श्वेता खड्काले सुरू गरेको यस अभियानमा विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गर्न सुरू गरेका छन् ।
उनले सहयोगका लागि अपिल गरेपछि केही महिनादेखि कोरोनाका विरामीलाई निःशुल्क अक्सिजन र भोकाहरुलाई खाना बाँडिरहेको संस्था हाम्रो टिम नेपालले श्वेताको अभियानमा सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ ।
‘काठमाडौलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पीडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई महशुस गरी तत्काल राहत र उद्धारको व्यवस्थापनमा आफ्नो पाइला अघि सारेकी छु ।’ अभिनेत्री खड्काले फेसबुकमा लेखेका छन् ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदीमा आएको भिषण बाढी बस्तीमा पस्दा ठूलो जनधनको क्षति भएको छ ।

Leave a Reply

%d bloggers like this: