Fri. Apr 26th, 2024

२२ जेठ, काठमाडाैँ – चर्चित भारतीय गायक सोनु निगमले गाएको आध्यात्मिक गीत अर्थात भजन शैलीको गीतको नेपाली कभर सार्वजनिक भएको छ । पश्चिमका गायक तथा संगीतकार रबिन स्वाँर काजीको स्वरमा सोनुको शंकरा बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
लगभग पुर्ण रूपमा नेपालमै छायंकन भएको सो धार्मिक गीतको शब्द पनि नेपाली मुलकै वसन्त चौधरीले लेखेका हुन् । सुरिलो स्वरमा रहेको संगीत भने भारतीय संगीतकार श्रेयस पुर्निकले निर्माण गरेका हुन् ।
कभर गीतका अभियन्ताका रूपमा चिनिने रबिनको स्वरमा रहेको कभरको संगीत भने पुस्कर खत्रीले गरेका हुन् । त्यसै गरी कभरमा रहेको बासुरीमा भने सञ्जिव मैनालीले कला प्रस्तुत गरेका छन् ।
रियाज स्टुडियोमा रेकर्ड भएको गीतलाई विवेक कार्कीले छायाङ्कन गर्दा सम्पादन र निर्देशन भने गायक स्वयंले गरेका छन् ।
https://www.youtube.com/watch?v=Onn8CesmMOE&feature=youtu.be&fbclid=IwAR16kdt1hafSBOyZ9E9kcW4-MFwurcXH81FMq4Ogj0jm7YbI-Vl_U3RhKfY

Leave a Reply

%d bloggers like this: