Fri. Apr 26th, 2024

कलाकारिताको माध्यमबाट समाजलार्इ सहि दिशा दिन तत्पर भएका सुदर्शन चक्रलार्इ अाफैले कलाकारिता सिकाएका केही कलाकारहरूले धोका दिएका छन् । उनलार्इ निश्चित समयसँगै काम गर्ने भन्दै सहमति जनाएका कलाकारहरूले बिचैमा छोडेर जाँदा धोका भएको हो ।
उनले अाफ्नो टेलिसिरियल ५२अाैँ हप्ता सम्म सञ्चालनका लागि यथेष्ट तयारी गरेकोले अाफुलार्इ यो धोकाले केहि असर नपर्ने बताएका छन् । उनको टेलि श्रृङखलाले अाज ३२ अाैँ भाग प्रसारण गर्न सफल भएको छ ।
अाज मनोरञ्जनसँग भएको कुराकानीमा उनले अाफ्नो टेलिसिरियल ” जस्तो हामी उस्तै समाज “ले अहिले एनटिभी प्लसमा सामाजिक जनचेतनाका लागि अभ्यास गरेको र ५२अाैँ हप्ता वा १ वर्ष पछि पूर्ण रूपमा कमेडीमा अाधारित हुने समेत बताएका छन् ।
कलाकारले धोका दिएको बारेमा बोल्दै निर्देशक चक्रले भने ” हरेकको अा–अाफ्नो विवशता हुन्छ । सायद कलाकार साथिहरूले पनि  अाफ्नो विवशताले सिरियल त्याग गर्नु भएको होला । र म ५२अाैँ श्रृङ्खलासम्मका लागि पूर्ण तयार रहेकाले यसले मलार्इ कुनै असर गर्नेछैन । ”

Leave a Reply

%d bloggers like this: