Mon. May 6th, 2024

बहुप्रतिक्षित फिल्म ‘लभ स्टेशन’को दोश्रो गीत  रिलिज भएको दोश्रो  दिनमै युट्युबमा राज गर्न सफल भएको छ । चैत्र ३ गते बजे बूढा सुब्बा म्युजिक युट्युब च्यानलबाट  ‘ मेरो आगनीमा’ रिलिज भएको दोश्रो दिनमै यो गीत युट्युबको ट्रेन्डिङ नम्बर २९ मा पर्न सफल भएको छ ।

राकेश गुरूङको एरेन्ज , सुरेश लामाको स्वर तथा उज्वल घिमिरेको शब्द रहेको गीतमा  संगीत भने शम्भुजीत बास्कोटाले भरेका हुन् ।
यो भन्दा अगाडि  रिलिज भएका ‘लभ स्टेशन’का गीत “घाम जुन चाहँदैन” र ट्रेलरले नै युट्युबमा रिलिजका केहि घन्टामा नै ट्रेन्डमा स्थान बनाउन सफल भएका थिए भने यो गीतले पनि धमाका मच्चाउदै गर्दा फिल्मले सोचेँ अनुसार सफलता पाउँनेमा  निर्माण पक्ष विश्वस्त देखिएको छ ।

निर्माता गोबिन्द शाहीकै निर्माण रहेको फिल्म लिली बिलि बाट दर्शकको मन मुटुमा बस्न सफल जोडी प्रदीप र जसिता नै ‘लभ स्टेशन’का प्रमुख पात्रका रुपमा रहेका छन् । उनीहरु २ को जोडीलाई लिली बिलिले उत्कृष्ट बनाएको थियो ।

चैत २२ मा देशभर प्रदर्शन हुने चलचित्र लभ स्टेसनमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय छ ।
काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई गोविन्द शाही निर्माण गरेका हुन् भने चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: