Fri. Apr 26th, 2024

काठमाडौं – यहि आउदो स्रावन ४ गतेदेखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘पण्डित बाजेको लौरी’ को अफिसियल ट्रेलर रिलिज भएको छ ।
छायांकन सकिएको केही समयपछी नै चलचित्रको निर्माण टिमले चलचित्रको प्रोमो सार्वजनिक गरिएको थियो भने यहि केही हप्ता अघिमात्र चलचित्रको पहिलो अफिसियल गीत पनि सार्वजनिक गरेको थियो ।
ट्रेलरमा हल्का कमेडी , एक्सन र प्रेमलाई देखाईएको छ । चलचित्रको यस ट्रेलरमा चलचित्रका सम्पुर्ण कलाकार फिचरमा देखिन्छ । अधृत फिल्म्स प्रालीको व्यानरमा निर्माण भएको यस चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन भने चलचित्रमा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर गिरीको छायाङ्कन रहेकोे छ । चलचित्रलाई थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका छ्न ।
बाहुनबाद र बाहुनबादले उब्जाएको कुप्रथाको बारेमा कथाबस्तु रहेको यस चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहेको छ । चलचित्रमा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको छ ।
(ट्रेलर हेर्नुहोस)

Leave a Reply

%d bloggers like this: