Mon. May 6th, 2024

‘जय भोले’को पहिलो गीत सार्वजनिक भएको छ । ‘उम्लियो भने पोखिन्छ’ बोलको उक्त गित सार्वजानिक भए संगै गितले उत्कृष्ट प्रतिकिृया पाएको छ । गीतलाई खगेन्द्र लामिछानेको शब्दमा राजनराज सिवाकोटीले तयार गरेका हुन् ।गीतमा स्वस्तिमा खड्का, सलोन बस्नेत, सौगात मल्ल, राजाराम पौडेल, जयनन्द लामासँगै बुद्दि र खगेन्द्रले पनि फिचरिड. छन् । राजनराज र मेलिना राईले स्वर दिएको गीतमा वरिष्ट कोरियोग्राफर बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।
खगेन्द्र लामिछानेको लेखनमा निर्माण भएको ‘जय भोले’मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटीरकल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ । सिनेम बडादशैँको उपलक्ष्यमा प्रदर्शनमा आउँदैछ ।
ह्युमर एवं सोसल ड्रामा भनिएको सिनेमा एए ग्रुप अफ कम्पनिजको व्यानरमा निर्माण भएको हो । सिनेमामा किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माताका रुपमा छन् ।

Leave a Reply

%d bloggers like this: