Fri. Apr 26th, 2024

काठमाडाैं । 
बलिउड अभिनेत्री सोनम कपूरले विवाह गरेको केही दिनमै अर्की अभिनेत्री नेहा धूपियाले पनि विवाह गरेकी छिन् । उनले बिहीबार नयाँ दिल्लीमा अभिनेता साथै क्रिकेटर अंगद बेदीसँग विवाह गरेकी हुन् ।
नेहाले बिहीबार आफ्नो अफिसियल इन्टाग्राम मार्फत विवाहको तस्बिर सार्वजनिक गरेकी थिइन् । इन्टाग्राममा नेहाले ‘मेरो जीवनको सही निर्णय, आज मैले मेरो मिल्ने साथीसँग विवाह गरेँ ।’ भनेर तस्बिर सेयर गरेकी छिन् ।
उनले सेयर गरेको उक्त तस्बिरमा धेरैले सप्राइज भएको कमेन्ट गरेका छन् । यसअघि अभिनेत्री अनुष्का शर्माले पनि भारतका क्रिकेटर विराट कोहलीसँग सुटुक्क विवाह गरेकी थिइन् । नेहाले पनि अनुष्कालाई पछ्याउदै सुटुक्क विवाह बन्धनमा बाँधिएकी हुन्  ।

Leave a Reply

%d bloggers like this: