Mon. May 6th, 2024

काठमाडाैं । 
बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाले शुक्रबार राती आफ्नो लोखन्डवालस्थित अपार्टमेन्टको छतमा सानो समारोहबीच टिभी अभिनेत्री सोनिया कपुरसँग विवाह गरेका छन् ।
गुजराजी रीति–रिवाज अनुसार भएको विवाहमा दुवैका परिवारका सदस्य उपस्थित थिए ।
हिमेश र सोनिया एकअर्कासँग पछिल्लो १० वर्षदेखि डेट गरिरहेका थिए । भनिन्छ, सोनियाकै कारण हिमेश र उनको पहिलो पत्नी कोमलसँग सम्बन्ध विच्छेद भएको थियो ।
तर, कोमलले यो कुरा अस्वीकार गरेकी छिन् । उनले सोनियालाई आफ्नो परिवारको सदस्य जस्तो मान्ने बताएकी थिइन् । हिमेश र कोमलको एक छोरा पनि छ ।

Leave a Reply

%d bloggers like this: