Fri. Apr 26th, 2024

काठमाडाैं ।
हलिउड फिल्ममा ‘आइरन म्यान’ को भूमिका निर्वाहा गरेका रोबर्ट ड्राउनी जुनियरको ‘आइरन म्यान’ सूट चोरी भएको छ । ‘आइरन म्यान’ को गोल्ड एण्ड रेड कलरको सूट हराएको हो । जुन ३ कराेड मुल्य बराबरकाे रहेकाे बताइन्छ ।
लस एन्जेलिस पुलिसले यस घटनाको पुष्टि गर्दै   भन्यो, ‘रोबर्ट ड्राउनी जुनियरले लगाएको गोल्ड एण्ड रेड सूट चोरी भएको छ । यो सूट एक्टरले २००८ को  ओरिजनल सुपरहिरो फिल्ममा लगाएका थिए ।
मंगलवार स्टोरेज फेसेलिटीबाट यो सुट  गायब भएको हो । पुलिस यो आइकनिक ‘आइरन म्यान’ सूटको खोजीमा जुटेको छ । पुलिसले डिटेक्टिभको पनि मद्दत लिएको छ ।
चोरी भएको ‘आइरन म्यान’ को सूटको मूल्य ३२५,००० डलर अर्थात्, नेपाली झण्डै ३ करोड ५० लाखभन्दा बढी पर्दछ । जहाँ यो सूट राखिएको थियो त्यहाँ काम गर्ने कर्मचारीका अनुसार सूट फेव्रअरी र २५ अप्रिलको बीच गायब भएको हो ।
चोरी भएको सूट रोबर्ट ड्राउनी जुनियरले पहिरिएको पहिलो ‘आइरन म्यान’ कस्ट्यूम हो । यो उनले १० वर्ष अगाडि लगाएका थिए । रोबर्ट ड्राउनी जुनियर हालै रिलिज भएको ‘एभेन्जर्स : इन्फिनिटी वार’ मा देखिएका छन् ।

Leave a Reply

%d bloggers like this: