Tue. May 7th, 2024

काठमाडाैं । 
नेपाली सिनेमा जगतमा सर्वाधिक कमाई गर्ने चलचित्र बन्न सफल ‘छक्का पञ्जा’को अर्को सिक्वेल ‘छक्का पञ्जा ३’  औपचारिक रुपमा छायाँकन सुरु भएको छ । शुक्रबार बिहान भक्तपुर स्थित सुर्यबिनायक मन्दिरमा चलचित्र युनिटले पुजा गरि छायाँकनको सुरुवात गरेको हो ।
चलचित्रको छायाँकन केही दिन काठमाडौँ र त्यसलगतै उपत्यका बाहिर हुने छ । चलचित्रमा यस पटक नायक र नायिका फेरिएका छन् । अघिल्लो सिरिजमा जस्तै दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुराग कुवर, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहने छ । त्यस्तै नायिका दिपिका प्रसाई र नायक पुष्प खड्का यसपटकका लागी नयाँ कलाकार हुन् । चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गर्नेछिन् ।
चलचित्रमा निर्माताका रुपमा सुमन गिरी भन्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषेतम प्रधान, तारा चन्द्र बजगाई, दिपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् भने कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे रहेका छन् । दिपराज गिरीको कथा रहेको चलचित्रमा संवाद दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, यमक श्रेष्ठले तयार पारेका हुन् ।हरेक चलचित्रमा जस्तै यसपटक अझ बढि मेहनत गर्ने दिपक बताउछन् । यता दिपाश्री नयाँ कलाकारको आगमनसँगै पुरानाका साथै नयाँ दर्शकले पनि चलचित्र हेर्नेमा आशावादी रहेको बताउछिन् ।
चलचित्रमा यसपटक संगीत अर्जुन पोखरेल र दीपक शर्माले दिने भएका छन् । पुरुषोत्तम प्रधानको छायाँकन रहने चलचित्रमा नृत्य कविराज गहतराज, केश सज्जा सरस्वती श्रेष्ठ, मेकअप गणेश खड्का, रंग संयोजन कपिल पराजुलीको रहेको छ । चलचित्रमा द्वन्द राेशन श्रेष्ठ, पार्श्व संगीत सुजिल कर्माचार्या र पहिरन रोजिना श्रेष्ठको रहने छ ।

Leave a Reply

%d bloggers like this: