Fri. Apr 26th, 2024

माघ १२ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्याप्पी डेज’को रोमान्टिक गीत रिलिज भएको छ । लण्डनका विभिन्न आकर्षक ठाउँहरुमा खिचिएको ‘खाली खाली’ गीतमा नायिका प्रियंका कार्की र सञ्चारकर्मी तथा नायक सञ्जय गुप्ता फिचरिङ छन् ।तारा प्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्दमा तयार भएको गीतमा संगीतकार लिम्बुलाई दीपा लामाले गायनमा साथ दिएकी छिन् । गीतको भिडियोका कोरियोग्राफर फिल्मका निर्देशक मिलन चाम्स आँफै हुन् ।
‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ ।
‘ह्याप्पी डेज’लाई रामकुमार केसीले खिचेका हुन् । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

Leave a Reply

%d bloggers like this: