Fri. Apr 26th, 2024

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाउने भएकी छिन् । फिल्मलाई म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने भएका छन् । स्रोतको जानकारी अनुसार, केकी कार्यकारी निर्माता रहने फिल्म छठपछि फ्लोरमा जानेछ भने फिल्मको छायांकन बाँके जिल्लामा हुनेछ । फिल्मको विषयमा नायिका केकी अधिकारीले  बताउन चाहिनन् ।

डार्क कमेडी जनराको ‘कोहलपुर एक्सप्रेस’ फिल्ममा नायिका केकी आफै मुख्य भूमिकामा रहने बताइएको छ  । केकीसँगै फिल्ममा ऋचा शर्मा र प्रियंका कार्की पनि मुख्य भूमिकामा फाइनल भएको स्रोत बताउँछ । ‘स्वर’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी नायिका केकीको फिल्मको पटकथा तथा संवाद शान बस्यालले लेखेका हुन् । अर्जुन पोखरेल, कालिपसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत रहने ‘कोहलपूर एक्सप्रेस’लाई अर्जुन तिवारीले खिच्नेछन् ।चलचित्रका अरु कलाकारहरु अहिले पक्का भईनसकेको चलचित्र निर्माण टीमले जनाएको छ । चलचित्र निर्माणको लागि केकीलाई अरु निर्माताहरुले पनि सहकार्य गर्नेछन् ।

Leave a Reply

%d bloggers like this: