Tue. Apr 23rd, 2024

एलिजा गौतमको निर्माण तथा अभिनय रहने फिल्म ‘अनुराग’ मा नयाँ अभिनेता अनुवन्धित भएका छन् । समुन्द्र र एलिजाको जोडीले लभ स्टोरी जनराको यो फिल्ममा रोमान्स गर्ने फाइनल भएको छ ।सिन्धुपाल्चोकका यी नयाँ अनुहारलाई सत्यराजले सबै खुबी भएका कारण चलचित्रमा अनुवन्धित गरेको बताए । समुन्द्रले अहिलेसम्म म्यूजिक भिडियो, विज्ञापन केहिमा काम गरेका छैनन् । अब फिल्ममा समुन्द्र पण्डितले मुख्य भूमिका निर्वाहा गर्ने भएको फिल्मका निर्देशक सत्यराज चौलागाईले बताए । सुरुमा मोडल दिपक घिमिरेलाई मुख्य कलाकारको रुपमा घोषणा गरिएको थियो । पछि उनी बाहिरिएको खबर आयो । यसपछि, नायक पल शाहले १८ लाख पारिश्रमिक लिएर काम गर्न लागेको चर्चा भयो । तर, त्यसको केही दिनमै पल फिल्मबाट बाहिरिए ।
बिहिबार लक्ष्मी पुजाको दिन फिल्म ‘अनुराग’ युनिटले दक्षिणकाली पुगेर स्क्रिप्टको पुजा समेत गरेको छ । एरिका फिल्मस् को ब्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री गीता भेटवाल हुन् । फिल्ममा सरोज पोख्रेलको संगीत रहने छ । फिल्म कात्तिक २३ गतेबाट फ्लोरमा जाने बताइएको छ ।

Leave a Reply

%d bloggers like this: