Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
बलिउडका दिग्गज अभिनेता ओम पुरीको शुक्रवार बिहान निधन भएको छ । उनको ६६ बर्षको उमेरमा हृदय घातको कारण आफ्नो निवासमा नै अकस्मात निधन भएको हो । उनले बलिउड फिल्म संग संगै धेरै हलिउड फिल्ममा समेत आफ्नो उपस्थिति जनाईसकेका छन् । बलिउडमा उनको नाम जीवन्त अभिनेताको सुचिमा धेरै माथि रहेको छ । उनले “आरोहण” र “अर्ध सत्य” जस्ता फिल्मको लागि राष्ट्रीय पुरस्कार समेत जितिसकेका छन् ।
पर्दामा उनि जीवन्त अभिनय गर्न सक्ने खुबी भएका अभिनेता हुन् । उनले पाएको गम्भीर देखि कमेडी सम्मको हरेक पात्रलाई बखुबी निकै अब्बलताको साथ निर्वाह गरेका छन् । उनलाई पद्म श्रीबाट पनि सम्मानित गरिसकिएको छ । उनको देहान्तले यति बेला पुरा बलिउड ठुलो दुखमा डुबेको छ ।

Leave a Reply

%d bloggers like this: