Fri. Apr 26th, 2024

sunil rawal nigam shrestha
छड्के नेपाली सिनेमामा तीन सफल सिनेमा दिईसकेको ब्यानर दुर्गिश फिल्म्सले अब भने कमेडी सिनेमाका बनाउने भएको छ ।
होस्टेल, सायद र होस्टेल रिटर्नस् गरी तीन सफल टिनएज र योङस्टर ड्रामामा सिनेमा बनाएको दुर्गिश फिल्मस्ले यसअघी नै सायद दुई घोषणा गरी अब फ्लोरमा जादैछ भने अनटाइटल प्रोजेक्टका रुपमा कमेडी सिनेमा बनाउन लागेको हो ।
यो सिनेमामा निगम श्रेष्ठ निर्देशकका रुपमा अनुबन्धन भएका छन, निगमले यसअघी छड्के नामक सिनेमा निर्देशन गरिसकेका छन  ।  छड्केले त्यतिबेला नेपाली सिनेमामा सबैभन्दा धेरै पहिलो दिने कलेक्सन गर्ने सिनेमा थियो ।
यसबारे निर्माता सुनिल रावल बताउछन, ‘प्रारम्भिक चरणमा हामीले निर्देशक मात्र तय गरेका छौं, कमेडी फिल्मका लागि हामीले कलाकार तय गरेका छैनौं ।’ थियटरका कलाकार लिएर कमेडी सिनेमा बनाउने र यहि बर्ष अस्ट्रेलियाका साथीहरु संग मिलेर फागुनमा अर्को नया सिनेमा बनाउने समेत रावलले बताए ।
दुर्गिश फिल्मको ‘सायद २’ बैशाखदेखि फ्लोरमा जादैछ जसमा सुशील श्रेष्ठ, सन्ध्या केसी, कुशल पाण्डे, निशा कार्की र अमृत ढुंगाना मुख्य भूमिकामा रहनेछन भने पुष्पराज न्यौपानेले निर्देशन गर्दैछन ।

%d bloggers like this: