Mon. May 6th, 2024

aaryan adhikari kshetri
सिनेमा ‘के म तिम्रो होइन र’को ट्रेलर सार्वजनिक गरिएको छ । आईतवार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाको ट्रेलर र रोमान्टिक गीत पत्रकार माझ सार्वजनिक गरिएको हो, ट्रेलर निकै एक्सनमय र आकर्षक बनेको छ ।
अधिकारी ब्रदर्स पिक्चर्स प्रालिको प्रस्तुती र द स्काई मुभिजको सहकार्यमा तयार भएको यो सिनेमाका कथाकार तथा निर्देशक आकाश अधिकारी हुन् । सिनेमामा आर्यन अधिकारी र मरिष्का पोख्रेलले नेपाली सिनेमामा डेब्यू भएकाछन ।ट्रेलरमा आर्यनको सिक्स प्याक बडी सहित निकै एक्सन अवतार देखिएको छ, रोमान्स र माया प्रेममा कुरा पनि अटाएका छन, प्रेमको लागी र अन्यायको लागि लड्ने एउटा युवाको भूमिकामा आर्यन छन । उनको प्रेमिकाको रुपमा  मरिष्का देखिएकी छन भने नेगेटिभ रोलमा अर्का कलाकार प्रज्वल गिरी रहेका छन । हिमाल केसीको एक्सन सिनेमामा दमदार देखिएको छ ।
aaryan marishka
ट्रेलर रिलिज कार्यक्रममा सिनेमाको अडियो एल्बम पनि बिमोचन गरिएको थियो । सिनेमामा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । सिनेमाका गीतमा डाक्टर कृष्णहरी बराल, सुन्दर श्रेष्ठ र आकाश अधिकारीको शब्द छ, देखाईएको दुई गीत पनि राम्रो बनेको छ । उदितनारायण झा, अन्जु पन्त, राजेशपायल राई, प्रल्हाद तिमिल्सिना, मिलन अमात्य र दुर्गा दाहालको आवाज रहेको छ ।
नव निर्माता सुरेश अधिकारीको मुख लगानी रहेको यो सिनेमामा गौरी मल्ल, मिथिला शर्मा, सुरेन बस्याँल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी, बिनोद केसीको पनि अभिनय रहेको छ । यम थापाको पटकथा तथा संवाद छ भने भारतबाट सिनेमाट्रोग्राफी सर्टिफिकेट पाएका नवराजकृष्ण थापाले सिनेमा खिचेका हुन् ।
सिनेमामा बसन्त श्रेष्ठ र रेनशा वान्तवा राईको कोरियोग्राफी, दिनेश गैडा र राजु पेन्टरको कला, रेनेश फागोको रंग संयोजन, अर्जुन जिसी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । सिनेमाको पोस्टर डिजाइन सान थापा र विजय बस्यालले गरेका हुन् । वैशाख ३१ गतेबाट प्रदर्शनमा आउने सिनेमाबाट सिनेमा युनिट निकै आशाबादी देखिएको छ ।
222222
कार्यक्रममा निर्देशक आकाश अधिकारीले आफ्नो प्रतिस्पर्धा आफ्नै चलचित्रसँग भएको र नव–नायक आर्यन अधिकारीले चलचित्रमा आफूले सक्दो मिहिनेत गरेको भन्र्द दर्शकले रुचाउने विश्वास व्यक्त गरे । नव अभिनेता आर्यनले पोष्टर बाट आफुले निकै राम्रो तारिफ पाएको र आज ट्रेलर रिलिज हुदा र रिलिज नजिकिदै जादा आफु सफल हुनेमा निकै आशाबादी भएको अनि उतिकै मेहेनत समेत आफुले गरेको बताए । उता निर्माता सुरेश अधिकारीले राम्रो चलचित्र मेकिङ गर्न आफू निर्माणमा होमिएको बताए ।
कार्यक्रममा अभिनेत्री स्वेता खड्काले के म तिम्रो होइन र भन्ने नाम सुन्ने बितिकै आफ्ना दिवंगत पति तथा अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झिने भन्दै सिनेमा सफलताको शुभकामना दिईन । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमा राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय लगायतले शुभकामना दिएका थिए ।
एकपटक हेर्नुहोस् ट्रेलर :

-सिनेमा नेपाल बाट

%d bloggers like this: