Sat. Apr 27th, 2024

सांगीतिक प्रेम कथामा बनेको सिनेमा ‘प्रेम गीत’को बुधबार राजधानीको क्यु एफ एक्स जय नेपालमा भब्य प्रिमियर गरिएको छ । भब्य यसकारण की प्रिमियर पासको डिजाइन देखी रेड कर्पेटसम्म प्रेममय तरिकाले भब्य सजिसजावट गरिएको थियो, सिनेमाका कलाकाररुको पहिरनको पनि चर्चा भएको थियो भने सिनेक्षेत्रका प्राय सबै हस्तीहरुको उपस्तिती रहेको थियो ।
प्रिमियरमा नेपाली सिनेमा क्षेत्रका नयाँ पुराना प्राय सबै सिनेकर्मी, कलाकार अनि संचारकर्मीहरुको उपस्थिति थियो । प्रिमियारका मुख्य आकर्षण भने बलिउड सिनेमाका परिचित कलाकार दिपजंग राणा थिए, उनि प्रिमियारमै सहभागी हुनका लागि भनि नेपाल आएका हुन् । बुझिएअनुसार उनि नेपाली राणा खानदानका एक सदस्य हुन् उनको परिवार लामोसमयदेखी भारतमा बस्दै आएको छ ।
IMG_1967-800x533
गीत संगीतकै कारण निकै चर्चामा रहेको प्रेम गीत हेरिसकेपछी सिनेकर्मिहरुले निकै राम्रो प्रतिक्रिया दिए । बिशेष गरि निर्देशक सुदर्शन थापाको निर्देशकीय क्षमताको सबैले तारिफ गरे भने सिनेमाका मुख्य कालाकार प्रदिप खड्काको लुक्स, अभिनयले पनि तारिफ पायो, उनको नेपाली सिनेमामा भविष्य निकै राम्रो रहेको सबैको भनाई थियो । अर्को तर्फ सिनेमाको गीत संगीत निकै उत्कृष्ट बनेकोमा संगीतकार अर्जुन पोखरेलको तारिफ भयो । नायिका पुजा शर्माले यसअघीका सिनेमा भन्दा प्रेम गीतमा राम्रो काम गरेको देखियो । निर्माता सन्तोष सेन सिनेमामा कुनै कसर बाकी नराखी खर्च नडराई सिनेमा बनाएको भन्दै बधाई दिईयो ।
nai-navannu-la-4-team
बलिउड अभिनेता राणाले आफुलाई प्रेम गीत हेर्दा आफु पनि पत्र झैँ सिनेमामा डुबेको र नेपाली सिनेमा बलिउड लेबलमा पुग्ने दिन टाढा नभएको बताए । निर्माता छबी ओझा पनि सिनेमा हेर्न पुगेका थिए , उनले सिनेमा मं परेको र नया नायकको काम मन परेकाले उनको भविष्य राम्रो रहेको बताए । उता माघ २९ गते नै रिलिजमा आउने सिनेमा क्लासिक निर्माता सुबास गिरी पनि सिनेमा हेर्न पुगेका थिए, उनलेत सिनेमालाई १० मा सात नम्बर नै दिए, र संगीत पक्ष बढी परेको प्रतिक्रिया दिए ।
prem-geet-unit
त्यस्तै नया पुस्ताका सफल निर्देशक निश्चल बस्नेतले पनि सिनेमाको खिचाई र निर्देशन पक्ष मन परेको र यतिको सिनेमा बन्नु सिनेमा उद्धयोगको लागि राम्रो कुरा रहेको बताए । त्यस्तै अभिनेत्री गौरी मल्लले आफुलाई सिनेमाले कतै हसाएको र कतै रुवाएको बतईन । आफ्ना श्रीमान निर्माता सुनिल कुमार थापा संग सिनेमा हेर्न पुगेको अभिनेत्री झरना थापाले पनि आफुलाई सिनेमाले मन छोएको बताईन , सुनिल कुमार थापाले पनि सिनेमाको तारिफ गरे ।
IMG_9810
केहि बर्ष अघि सुदर्शन थापाले नै निर्देशन गरेको सिनेमा ‘मेरो एउटा साथी छ’को पनि यसै गरी भब्य प्रिमियर गरिएको थियो, यसैगरी थापाको उक्त पहिलो सिनेमाले पनि मेकिंग, गीत संगीत र कलाकारहरुको अभिनय र समग्रमा निर्देशकको कामको तारिफ पाएको थियो । प्रेम गीत पनि मरो एउटा साथी छ झैँ उत्कृष्ट रहेको सबैको भनाई थियो । सबैले सिनेमाका निर्माता, निर्देशक, कलाकार र सम्पूर्ण युनिटलाई बधाई दिए भने प्रिमियारको माहोलहरु सम्झन लाएक थियो ।
फोटो/शाभार: सिनेमा नेपाल

%d bloggers like this: