Thu. Apr 25th, 2024

prem-geetwith deepraj rana
आगामी माघ २९ गतेबाट रिलिजमा आउने सिनेमा ‘प्रेम गीत’को बुधबार भब्य प्रिमियर गरिने भएको छ । अशुसेन फिल्म्सले प्रिमियर भब्य बनाउन हरेक हिसाबले लागिपरेको छ ।
नेपाली सिनेमा क्षेत्रका नयाँ पुराना सबै कलाकार -प्राविधिकहरु, राजनीतिक व्यक्तित्वहरु, सिनेमा सम्बन्धी संघसंस्थाका प्रतिनिधिहरु, सिने पत्रकारहरुको बाक्लो उपस्थिति बीच उक्त प्रिमियर आयोजना हुनेछ भने प्रिमियारको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ । कान्तिपुरले साँझ ५.३० बजेदेखि प्रिमियरको रेड कार्पेट प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।
Prem_Geet_wide__sixsheeter_2
दुई प्रेम जोडीको कथामा बनेको सिनेमाका गीत संगीत हाल ब्यापक चर्चामा छ, सेन्सर बोर्डबाट समेत युनिभर्सल सर्टिफिकेट पाएको यो सिनेमामा प्रदिप खड्का र पुजा शर्माको मुख्य अभिनय रहेको छ । सन्तोस सेनले निर्माण गरेको प्रेम गीतलाई सुर्दशन थापाले निर्देशन गरेका हुन् ।
बुझीए अनुसार बलिउड अभिनेता दिपराज राणा पनि प्रिमियरमा सहभागी हुनेछन उनि मंगलबार नै काठमाडौँ आइसकेका छन, राणाले थुप्रै बलिउड सिनेमा संगै नेपाली सिनेमा कोहिनुरमा समेत अभिनय गरेका छन । राणाले प्रेमगीत भारतमा प्रर्दशनको लागि सहयोग गर्ने समेत जानकारीमा आएको छ ।
 

%d bloggers like this: