Wed. May 8th, 2024

गायिका सृजना खत्रीले भ्यालेन्टाइनडे उपहार स्वरुप ‘हाउडे माया’ लिएर आएकी  छिन् ।आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘हाउडे माया’को गायिका खत्रीले म्युजिक भिडियो समेत तयार पारेकी छिन् । म्युजिक भिडियो राम्रो बनेको उनले दाबी गरेकी छिन् । हाउडे मायाको एरेञ्जर गरेका   विकेशले गीतलाई  साच्चिकै सुन्न लायक बनाएका  छन ।srij
गायिका खत्रीले आफ्नो ‘हाउडे माया’लाई काभ्रेको बनेपास्थित ध्यानकुटी बिहारमा रहेको मैत्री केन्द्र बालआश्रमका बालिकाहरु माझ सार्वजनीक गरेकी हुन् । यो बालआश्रम पिया रत्नले १६ वर्ष अघि स्थापना गरेका हुन् ।s
गीतमा   विनु खड्का र विनोद न्यौपानेका साथमा सृजना स्वयंले समेत अभिनय गरेकी छन् ।विशाल भण्डारीले निर्देशन गरेको म्युजिक भिडियोलाई  अर्जुन तिवारीले खिचेको गायिका खत्रीले बताइन् । भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् ।

%d bloggers like this: