Fri. Apr 26th, 2024

बिग बजेटको सिनेमा चंखे शंखे पंखे ले देश बनाउँने युवाको खोजी गर्दै पब्लिक स्पिकर नेपालको अडिसन सुरु गरेको छ । यसैबीच पश्चिमाञ्चलका १४ वटा कलेजबाट फाइनलका लागी उत्कृष्ट ७ युवा छनौट समेत गरेको छ  ।
पहिलो अडिसन पोखरा स्थित स्टेपबाई स्टेप कलेजबाट सुरु गरिएको छ जाहाँ फिल्मका प्रोड्यूसर सन्तोष सेन, मार्केटिङ कन्सलट्यान्ट सुशिल बुढाथोकी, आयोजक सहकर्मी एक्रिएटिम मिडियाका प्रमुख हरि पोखरेल सहित फिल्मका विशेष सल्लाहकार रेशम जंग शाही र चलचित्र पत्रकार दिनेश सिटौला जुरीका रुपमा थिए ।
उनीहरुले १४ वटा कलेजबाट सहभागी हुन आएका २४ विद्यार्थीहरुको अडिसन लिएर सात उत्कृष्ट युवा छानेका हुन । छानिएका मध्ये पोखराबाट सुर्दशन पौडेल, सन्दिप थापा र अनुपा तिवारी छन् । यस्तै बुटवलबाट ईला सुवेदी र शुभेच्छा आचार्य छनौट भएका छन् भने पर्वतबाट अरविन्द राज पौडेल र रेनुका आचार्य छन् ।
csp public speaker1
दिईएको जानकारी अनुसार धरान, चितवन र राजधानीका तीन जिल्लाका विद्यार्थीहरुबीच पनि अडिसन गरी आउँदो असोज २ गते काठमाण्डौमा ३० जना युवाहरुबीच फाईनल प्रतियोगिता हुनेछ र उत्कृष्ट तीन युवालाई चंखे शंखे पंखे अवार्ड सहित क्रमश १ लाख , ५० हजार र २५ हजार नगदले पुरस्कृत गरिने छ ।
यस्तै उक्त सम्मान र अवार्ड बाहेक विभिन्न प्रतियोगितामा विजेताहरुलाई अवसरका लागि स्थान दिईने आयोजकले जनाएको छ । राष्ट्रियताको बिषयमा बनेको फिल्म चंखे शंखे पंखे असोज ८ गते देखि रिलिज हुँदैछ र सोही फिल्मको स्टोरी अनुसार तीन युवाको खोजी गर्ने उद्देश्य सहित चंखे यूनिटले पब्लिक स्पिकर नेपाल आयोजना गरी देश बनाउँने सछम युवाको खोजी गरेको हो ।

%d bloggers like this: