Mon. May 6th, 2024

सिनेमा ‘नागबेलीबाट निर्देशनमा डेब्यु गरेका चर्चित कोरियोग्राफर गोविन्द राईले अर्को फिल्मको निर्देशन गर्ने भएका छन् । अहिले सम्म नाम फाइनल नभईसकेको उनको फिल्मले मंगलबार राजधानीको पुतलीसडकस्थित म्युजिसियन स्टुडियोबाट गीत रेकर्डिङ गर्दै निर्माण कार्यको शुभारम्भ गरेको हो 
प्रेमकथा बन्ने यो सिनेमाको ‘झरना झरी’बोलको गीतका लागि ज्ञान सुब्बा र कला चेम्जोब, कसै कसैलाई’बोलको गीतका लागि बानिका प्रधानले स्वर दिएका छन्। गीतमा पोषराज दाहाल, सञ्जिवनीको शब्द रहेको छ भने साँज सिंहको सोलो संगीत छ । गीतहरुमा चाँद सिंहको एरेञ्ज रहेको छ ।
team1
ओम माने पद्य्मे हुँको व्यानरमा निर्माण हुन लागेको फिल्ममा करण तामाब र हंगकंग धरान १७ समाजको लगानी रहनेछ । फिल्मको छायांकन तिहार पछाडिबाट शुरु  गरिने निर्देशक राईले जानकारी दिए । फिल्ममा कमल राईको नृत्य हुनेछ भने अन्य प्राविधिक फाइनल भईसकेका छैनन् ।

%d bloggers like this: