Tue. May 7th, 2024

कृष्णाष्टमीको अवसर पारेर शनिबार मैतिदेवी मन्दिरमा चलचित्र ‘नाईँ नभन्नू ल ४’ कोशुभ मुहुर्त गरिएको छ । ‘नाई नभन्नु ल’ सिरिजबाट नै सर्वाधिक चर्चामा रहेका निर्देशक एवं निर्माता विकास आचार्यले सोमबारबाट छायांकन सुरु हुने गरी चलचित्रको शुभ मुहुर्त गरेका हुन् ।
त्रिकोणात्मक प्रेमकथा निर्माण हुने लागेको यस चलचित्रमा अनुभव रेग्मी, प्रियंका कार्की, पल शाह, बर्षा राउत, आँचल शर्माको मुख्य भुमिका रहनेछ । चलचित्रको शुभ मुहुर्त कार्यक्रमा बोल्दै निर्देशक आचार्यले नाईँ नभन्नू ल ४ अन्य सिरिजभन्दा फरक रहने जानकारी दिए । उनले भने( ‘पहिलो, दोस्रो र ‘नाई नभन्नु ल’ मा एक आपसमा कुनै पनि सम्बन्ध नभए जस्तै अहिले पनि नाईँ नभन्नू ल ३ सँग चलचित्रको कुनै सम्बन्ध रहनेछैन ।
चितवन र काठमाडौंमा खिचिने चलचित्रलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गर्नेछन् । चलचित्र ‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागका पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहनेछ । राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशी आदिले आवाज दिएको फिल्मका गीतको रेकर्डिङ सकिईसकेको छ ।

%d bloggers like this: