हातमा भिसा भएर इन्दिरा जोशीलाई किन भएछ जाउँ कि नजाउँ ! (भिडियो हेर्नुहोस् )

अहिले धेरै युवाको सपना विदेशिने छ । भिसा लाग्नै अबेर, लागेपछि विदेश उड्न बेर गर्दैनन् । तर, इन्दिरा जोशीलाई हातमा भिसा भएर पनि जाउँ कि नजाउँ भएको छ । उनले त्यो दोधार गीतमार्फत प्रस्तुत गरेकी छिन् । उनको नयाँ गीत ‘जाउ“ कि नजाउ“’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अहिले म्युजिक भिडियो निर्देशकका रुपमा निकै चर्चा पाएका नितिन चन्दको निर्देशनमा तयार गरिएको यस म्यूजिकमा कुटुम्बको बाद्य यन्त्रहरुको प्रयोग गरिएको छ ।

Read More

बिएस राणा ‘जंगबहादुर राणा’ बनेपछि…

डायमन्ड शमसेरको चर्चित उपन्यास ‘सेतो बाघ’माथि निर्माण भइरहेका फिल्म तथा टेलिसिरियल ‘सेतो बाघ’मा जंगबहादुरको भूमिकामा बिएस राणा देखिने भएका छन् । सोमवारदेखि जंगबहादुरको सिनको सुटिङ थालिएको छ । नयाँ कलाकारलाई लिएर फिल्म बनाउने भनेपनि नीर शाहले ब्यबसायिक कलाकार थपिरहेका छन् । यस्ता देखिए बिएस जंगबहादुर बनेपछि …

Read More

अमेरिका उड्नुअघि नरेन्द्रको ‘वर्णन’

चर्चित गायक नरेन्द्र प्यासीले एकल संगीत र गायनमा ‘वर्णन’ बजारमा ल्याएका छन् । केही समयका लागि अमेरिका जाने तयारी गरिरहेका उनले अघिल्लो दिन उक्त एल्बम् सार्वजनिक गरेका हुन् । एल्बम्को आइतवार राजधानीमा बिमोचन गरिएको थियो ।

Read More

समाजसेवामा म्युजिकभिडियो निर्देशक

म्युजिक भिडियो निर्देशक तथा संगीतकर्मी गम्बु शेर्पाले समाज सेवामा पनि हात बढाएका छन् । उनीलगायत केहि सहयोगी हातहरुले स्थापना गरेको संस्था एफ सी ई (खान लुगा अनि शिक्षा)ले ५ जना असहाय बालबालिकाको निम्ति एस एल सी सम्मको लागि खान लगाउन अनि पढाउन छात्रबृत्ति प्रदान गर्ने भएको छ । राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रमबीच उक्त संस्थाको प्रतिनिधिहरुले उक्त छात्रबृत्ति प्रदान गर्ने घोÈणा गरेका हुन् ।

Read More

डिजिटल प्रबिधि सिक्न हलिउडबाट प्रशिक्षक बोलाउँदै निर्देशक समाज

काठमाडौं, फागुन २६ । नेपाली फिल्म पूर्ण रुपमा डिजिटलाइज्ड भइसकेको छ । तर, डिजिटल प्रविधिले दिएका सुविधाको उपभोग गर्न नसकिएको भन्दै नेपाल चलचित्र निर्देशक समाजले हलिउडबाट प्रशिक्षक मगाएर कार्यशाला गर्ने भएको छ । नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्नका लागि नेपाल टुरिजम बोर्ड र चलचित्र विकास बोर्डको सहयोगमा उक्त कार्यशाला गर्न लागिएको अध्यक्ष दिनेश डिसीले बताए ।

Read More

मलाई कलाकारले जिताएका हुन् –पूर्वप्रधानमन्त्री नेपाल

संविधान सभाको निर्वाचनमा दुई ठाउँबाट जितेका पूर्व प्रधानमन्त्री माधव नेपालले आफूलाई कलाकारले जिताएको बताएका छन् । शनिवार राजधानीमा आयोजित एक गीति संग्रहको बिमोचनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘मलाई कलाकारले जिताएका हुन्, बन्दना मैनालीले भोजपुरीमा गाएर रौतहटका मतदाताका मन जितिन् । उनको स्वर सुनेर धेरैजना लठ्ठ भए ।’ त्यसैगरी बद्री पंगेनीले पनि गीत गाएर आफ्नो पक्षमा भोट बढाएको उल्लेख गरे ।

Read More

डा. भोला रिजालले गराए एल्बमको ‘डेलिभरी’

स्त्रीरोग विशेषज्ञ भोला रिजालले करिब ८ वर्ष पहिले एकजना प्यासेन्ट हेरेका थिए । डेलिभरीका लागि ओम हस्पिटलमा भर्ना भएकी शिखा भारतीलाई सकुसल प्रसुति गराएका थिए । अर्थात् शिखाको पहिलो सन्तान यो धर्तीमा सार्वजनिक उनले गरेका थिए । हिजो गायिकाका रुपमा शिखाले ‘गीति संग्रह’ जन्माइन्, त्यसको सार्वजनिक गर्ने अवसर पनि डाक्टर रिजाललाई नै मिल्यो । यी दुई संयोग डा. रिजालले एल्बम्को ‘शल्यक्रिया’ गर्ने क्रममा खुलाएका हुन् ।

Read More

महिला हिंसाविरुद्ध शनिबार लैनचौरमा ‘महिला कन्सर्ट’ हुने

काठमाडौं, २३ फागुन । शनिबार अर्थात् ८ मार्चमा कलाकार महिला जाग्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि आयोजना हुने ‘महिला कन्सर्ट’ मा कलाकार महिला जाग्ने भएका हुन् । कन्सर्टको आयोजना विभिन्न राष्ट्रसंघीय निकायले गर्न लागेको हो । राजधानीस्थित लैनचौरको खुला मैदानमा हुने सो कार्यक्रम संयुक्त राष्ट्रसंघीय बालकोष ‘युनिसेफ’, संयुक्त राष्ट्रसंघीय महिला ‘युएनवुमन’, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ‘युएनएफपिए’ र निर्भर मञ्चले गर्न लागेको हो ।

Read More

मिर्गाैला पिडितका लागि सुनिताको सहयोग (नामलिष्ट सहित)

लोकगायिका सुनिता दुलाल परोपकारी कर्म गरेकी छिन् । मिर्गाैला रोग पिडित सिन्धुपल्चोक, जलबिरे ४ का २६ वर्षीय युवा सुमन श्रेष्ठको उपचारार्थ सहयोग जुटाएकी छिन् । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले आफन्त र फ्यानमार्फत जुटाएको २ लाख ४० हजार रुपैयाँ सुमनलाई हस्तान्तराण गरेकी छिन् ।
दशवर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका सुमनको अहिले दुबै मिर्गौलाले काम गर्न छोडेकोले पुन: प्रत्यारोपण गर्नुपर्ने भएको हो । उनका परिवारको आर्थिक अवस्था कमजोर भएकोले प्रत्यारोपणको लागि आवश्यक खर्च जुटाउन नसकेका कारण सुनिता अघि सरेकी हुन्

Read More

रमाइलो ‘अधकट्टी’को कार्यक्रममा विल्सनले पोखे दुःख

भनिरहनुपर्ने कुरो होइन, तर प्रसंगबश भन्नुपर्छ, विल्सनविक्रम राई हाँस्य कलाकार हुन् । उनी स्टेजमा उक्लेपनि, फिल्ममा देखिएपनि हसाउँछन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘अधकट्टी’मा उनको ‘रुवाउने’ रोल हुने कुरै भएन । तर, शुक्रवार फिल्म ‘अधकट्टी’ शुभमुहूर्त’मा भने उनले दुःख पोखे ।
पछिल्लो समयका ब्यस्त अभिनेता उनले आफूविरुद्ध कसैले बोलेका एकपक्षीय कुरा सञ्चारमाध्याममा आएकोमा गुनासो गरे । ‘धेरै पैसा माग्ने र भाउ खोज्ने’ जस्ता कुरा थाहा पाएको तर त्यस्तो आफूले महशुस नगरेको फिल्मका निर्माता प्रदीप उदयले बताएपछि यस्तो बताएका हुन् ।

Read More