Fri. Apr 19th, 2024

काठमाडौं, फागुन २४ । स्त्रीरोग विशेषज्ञ भोला रिजालले करिब ८ वर्ष पहिले एकजना प्यासेन्ट हेरेका थिए । डेलिभरीका लागि ओम हस्पिटलमा भर्ना भएकी शिखा भारतीलाई सकुसल प्रसुति गराएका थिए । अर्थात् शिखाको पहिलो सन्तान यो धर्तीमा सार्वजनिक उनले गरेका थिए । हिजो गायिकाका रुपमा शिखाले ‘गीति संग्रह’ जन्माइन्, त्यसको सार्वजनिक गर्ने अवसर पनि डाक्टर रिजाललाई नै मिल्यो । यी दुई संयोग डा. रिजालले एल्बम्को ‘शल्यक्रिया’ गर्ने क्रममा खुलाएका हुन् ।
शिखाले त्यतिबेला सन्तानका रुपमा छोरी जन्माएकी थिइन् । यतिबेला शिखाका अघि गायिका थपिएको छ र उनको अर्काे सन्तान (आफ्नो सिर्जनालाई पनि सर्जकले सन्तान भन्छन्)चाहिँ गीति संग्रह हो । उनको सोलो एल्बम् ‘शिखा भारती’ सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यममा डा. भोला रिजालको नेतृत्वमा संगीतकार सम्भुजित बास्कोटा, सुरेश अधिकारी र गयिका ज्ञानु राणाले शिखाको अर्काे ‘सन्तान’ संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । ‘एल्बम फिल्म निर्देशक सुदर्शन थापाको पहलामा फ्राइडे फिल्मस्ले बजारमा ल्याएको हो ।
एल्बममा ५ वटा गित संगृहित छन् । सुरेश अधिकारी, अर्जुन पोख्रेल ,कल्याण सिंहले एल्बम्का शब्दका साथै संगीत दिएका छन् । एउटा गीत फिल्म निर्मता तथा गीतकार बाबुराम दाहालका रहेको छ । एल्बम्मा संगृहित पाँचवटै गीतको भिडियो प िनिर्माण भएको छ । भिडियोमा ऋचा शर्मा, पुजा शर्मा, नीता ढुंगाना, अनिल थापा लगायतले अभिनय गरेका छन् । चारवटा भिडियो अलोक नेम्वाङले निर्देशन गरेका छन् भने एउटा प्रताप सिंहको निर्देशनमा बनेको हो ।

%d bloggers like this: