Fri. Apr 19th, 2024

काठमाडौं, फागुन २६ । म्युजिक भिडियो निर्देशक तथा संगीतकर्मी गम्बु शेर्पाले समाज सेवामा पनि हात बढाएका छन् । उनीलगायत केहि सहयोगी हातहरुले स्थापना गरेको संस्था एफ सी ई (खान लुगा अनि शिक्षा)ले ५ जना असहाय बालबालिकाको निम्ति एस एल सी सम्मको लागि खान लगाउन अनि पढाउन छात्रबृत्ति प्रदान गर्ने भएको छ । राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रमबीच उक्त संस्थाको प्रतिनिधिहरुले उक्त छात्रबृत्ति प्रदान गर्ने घोÈणा गरेका हुन् । ती बालबालिकालाई एसएलसीसम्म पढाउन मेरिल्यान्ड होस्टलमा राखिनेछ र त्यहा“ लाग्ने सम्पूर्ण खर्च एफसीईले प्रादान गर्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
असहाय बालबालिका ५ बर्Èका सुदिप राई ,६ बर्Èका पूर्णीमा राई एबम् ७ बर्Èका तिन जना देविका श्रेष्ठ ,बिशेस राई र साहारा तमाङ रहेका छन् । खान लगाउन र पढ्न नपाएका अनाथहरुलाई सहयोग गर्ने संस्थाको उद्देष्य अनुरुप उक्त कार्य गरिएका गम्बुले बताएका छन् । कार्यक्रममा संस्थाका प्रतिनिधिहरु र नृत्यङ्गना पार्वती राई,को उपस्थिति थियो ।

%d bloggers like this: