Thu. Apr 25th, 2024

काठमाडौं, २३ फागुन । शनिबार अर्थात् ८ मार्चमा कलाकार महिला जाग्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि आयोजना हुने ‘महिला कन्सर्ट’ मा कलाकार महिला जाग्ने भएका हुन् । कन्सर्टको आयोजना विभिन्न राष्ट्रसंघीय निकायले गर्न लागेको हो ।
राजधानीस्थित लैनचौरको खुला मैदानमा हुने सो कार्यक्रम संयुक्त राष्ट्रसंघीय बालकोष ‘युनिसेफ’, संयुक्त राष्ट्रसंघीय महिला ‘युएनवुमन’, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ‘युएनएफपिए’ र निर्भर मञ्चले गर्न लागेको हो ।
कार्यक्रममा महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको संघर्षमा सबैलाई एकताबद्ध गर्न आवाज उठाउने सन्देशसहितका प्रस्तुति गरिने छ । कन्सर्टमा आनीछोइङ डोल्मा, अभय सुब्बा, कुन्ती मोक्तान, नलिना चित्रकार, समृद्धि राई, सिने गुरुङ, नताशा शाहलगायत २० भन्दा बढी कलाकार महिलाले कला प्रस्तुत गर्ने भएका छन् ।
युनिसेफ नेपालका प्रतिनिधि हाना सिंगरले हिंसाले मानिसको जीवन समाप्त पार्ने भन्दै उमेर, जाति, यौनिकता, शैक्षिक पृष्ठभूमि र सामाजिक–आर्थिक स्थितिका सबै सीमा पार गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘अधिकांश समयमा यो अदृष्य समस्याका रूपमा समाजभित्र जर्किएर बसेकाले मानिसले यसप्रति आँखा चिम्लिदिन्छन् ।’ उनले त्रास वा सामाजिक लान्छनाका कारण खुलेर बाहिर ल्याउन नसकेको पनि बताइन् । त्यस्तै, युएनएफपिए नेपाल प्रतिनिधि जुइलिआ भ्यालेसले महिलामाथिको हिंसा विश्वमै व्यापक रहे पनि मानवअधिकार दुव्र्यवहारका दृष्टिले यसलाई सबैभन्दा कम ध्यान दिइएकाले कन्सर्टले जागरुक बनाउने बताइन् । नेपालमा १६ लाख बालश्रमिक र ५ हजार सडक बालबालिका रहेको समेत कार्यक्रममा उपस्थित अधिकारीहरूले बताए ।

गायिका अभया सुब्बा, फाइल तस्बिर

https://i0.wp.com/cdn.nepaliblogger.com/media/Abhaya-Subba-performing-at-Hami-Sabai-Nepali-Launch.jpg?resize=640%2C427

%d bloggers like this: