Thu. Apr 25th, 2024

काठमाडौं, फागुन २३ । लोकगायिका सुनिता दुलाल परोपकारी कर्म गरेकी छिन् । मिर्गाैला रोग पिडित सिन्धुपल्चोक, जलबिरे ४ का २६  वर्षीय युवा सुमन श्रेष्ठको उपचारार्थ सहयोग जुटाएकी छिन् । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले आफन्त र फ्यानमार्फत जुटाएको २ लाख ४० हजार रुपैयाँ सुमनलाई हस्तान्तराण गरेकी छिन् ।
दशवर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका सुमनको अहिले दुबै मिर्गौलाले काम गर्न छोडेकोले पुन: प्रत्यारोपण गर्नुपर्ने भएको हो । उनका परिवारको आर्थिक अवस्था कमजोर भएकोले प्रत्यारोपणको लागि आवश्यक खर्च जुटाउन नसकेका कारण सुनिता अघि सरेकी हुन् । कार्यक्रममा उपस्थित सुमन र उनका वुवा अमृतदास श्रेष्ठले सुनिता जस्ता सहृदयीले देखाएको सद्भावका कारण मिर्गाैला ट्रान्सप्लान्ट हुने आशा जागेको बताए ।
सुनिताले केही महिनाअघि उनले आफ्नो फ्यान पेज, सोसियल नेटवर्क र अन्य सम्पर्कमार्फत सहयोगका लागि अपिल गरेकी थिइन् । भविष्य वृद्धाश्रममार्फत सामाजिक सेवामा जुट्ने योजना बनाएकी सुनिताले कार्यक्रममा भनिन्, ‘सुमन भाइलाई भेटेर सुटुक्कै रकम हस्तान्तरण पनि गर्न सक्थेँ, तर सहयोगी मनले दिएको रकम पत्रकार साक्षी राखेर हस्तान्तरण गर्दा पारदर्शी हुन्छ भन्ने लाग्यो ।’ अभिनेत्री राधा लम्साल भावुले उनको शुभकर्मका लागि धन्यवाद दिइन् । सुमनलाई सहयोग गर्न चाहने उनका वुवा अमृतदासको मोबाइल नम्बर ९८४९७५०७५१मा सम्पर्क गर्न सक्नेछन् ।
सुमनका लागि सहयोग गर्ने दाताहरु (रुपैयाँमा)
सूर्य गुरुङ यूके, १०,०००
विरबहादुर तामाङ, युके १०,०००
हुम गुरुङ, युके १०,०००
एक्स्पेर्ट एडुकसन एण्ड भिसा सर्भिस अष्ट्रेलिया २७,४५०
गणेश खड्का अष्टे«लिया ४,५७५
भुपेन्द्र सिलवाल अष्ट्रेलिया १०,०६५
भुपेन्द्रस् फ्रेन्डस् अष्टे«लिया १२, ८१०
प्रवीन पन्त, युएसए १०,०००
चित्र श्रेष्ठ युएसए १०,०००
गितु पौडेल, इजरायल ८,०००
श्रीशा दुलाल युएसए १०,०००
बन्दना बस्नेत इजरायल १०,०००
सागर ओझा, कतार (कतारमा रहेका विभिन्न ब्यक्तिबाट संकलन गरी) ५९,०००
कुमार थापा युएइ १३,३६५
शन्तोष थापा युएइ ५,४००
विनोद थापा युएइ ५,५३५
बद्री केसी युएइ २,७००
शान्ता बस्नेत नेपाल १,१००
सुवर्ण दुलाल नेपाल १०,०००
सुनिता दुलाल नेपाल १०,०००
जम्मा २४०,०००

  IMG_2394

%d bloggers like this: