Fri. Apr 19th, 2024

काठमाडौं, फागुन २६ । नेपाली फिल्म पूर्ण रुपमा डिजिटलाइज्ड भइसकेको छ । तर, डिजिटल प्रविधिले दिएका सुविधाको उपभोग गर्न नसकिएको भन्दै नेपाल चलचित्र निर्देशक समाजले हलिउडबाट प्रशिक्षक मगाएर कार्यशाला गर्ने भएको छ । नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्नका लागि नेपाल टुरिजम बोर्ड र चलचित्र विकास बोर्डको सहयोगमा उक्त कार्यशाला गर्न लागिएको अध्यक्ष दिनेश डिसीले बताए ।
राजधानीमा पत्रकार सम्मेलन गर्दैे ‘वर्कशप अन डिजिटल फिल्मिङ’ नामक कार्यशाला आगामी चैत्र २७ गतेबाट २०७१ बैशाख १ गतेसम्म हुने बताइएको छ । लिउडका दुई अनुभवी दृश्य निर्देशकह ‘जस्टिन डिलन’ र ‘जेम्स ईभान अगेर्टन’ प्रशिÔण दिन नेपाल आउन लागेको बताइएको छ । काठमाडौंमा उद्घाटन भई बपन्दपुरमा र पोखरामा सञ्चालन हुने उक्त कार्यशालामा नेपाली फिल्मका सिनेमाटोग्राफर, कलरिस्ट र एडिटरलाई प्राथमिकता दिइने भएको छ । कार्यक्रममा बोल्दै समाजका अध्यÔ दिनेश डिसीले भने, ‘नेपालमा पढेर भन्दा गर्दागर्दै सिकेका प्राविधिक धेरै छन्, त्यसैले उनीहरुलाई प्रशिीक्षत गर्न हलिउडका विशेषज्ञ बोलाएका हौँ ।’
कार्यशालामा ५० जनाले सहभागिता जनाउन पाउने छन्, जसमा सहभागी हुन चाहनेहरुको लागी निर्देशक समाजका सदस्यहरुको लागी ७ हजार तथा अन्यको लागी १० हजार शुल्क लाग्ने बताईएको छ । सिमित कोटा भएकाले पहिलो आउनेलाई प्राथमिकता दिइने पनि जनाइएको छ ।

%d bloggers like this: