चकलेटी अभिनेता आर्यन सिग्देल यथार्थमा प्रेमलाई विवाहमा परिणत गरिसके । केही समय पहिल्यै जुरेको लगन छोप्दै प्रेमिका सपना भण्डारीसँग उनले शनिवार झ्याइँ पारेका हुन् । तर, उनको पर्दामा भने प्रेम देखिने छ । पर्दामा प्रेम (फिल्म नोभम्बर रेन’ देखिने लगन सरेर बैशाख १२ गते पुगेपछि आर्यनको यथार्थमा विहे भएपछि पर्दामा प्रेम देख्नुपर्ने भएको दर्शकलाई । युवती फ्यान फ्लोअर उच्च भएका आर्यनले सपनालाई यथार्थकी संगीनी बनाउँदा आर्यनलाई सपनामा आफ्नो राजकुमार देख्ने कति युवतीका सपना धुलिसात भए होलान् ! तर, यसको असर उनको फिल्ममा कत्तिको देखिएला ?