Fri. Mar 29th, 2024

काठमाडौँ, बैशाख ६।  पढेर निर्देशक बनेका ईलम दिक्षित निर्देशित फिल्म ‘रेड मनसुन’ आगामी बैशाख २६मा पर्दशनमा आउदैछ । शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराइएको हो। बिगतमा झैँ फिल्मको कुनै पनि प्रोमो र गीत नदेखाइ फिल्मका निर्माणका केही दृश्यहरु देखाउदै फरक शैली बाट कार्यक्रम गरिएको थियो । कार्यक्रममा निर्देशक दिक्षितले आफ्नो फिल्म पाटन क्षेत्रको मछिन्द्रनाथको ओरिपरि केन्दि्त भएपनि समग्र रुपमा विश्वव्यापी समाजको व्यथा बोल्ने दाबी बताए । साथै आफुले  हिरो हिरोईन बिना कथानक फिल्म बनाएर केहि सन्देस दिन चाहेको पनि थपे। उनले ३ महिना अमेरिकामा नै बसेर फिल्मको कथा तयार पारेका थिए । फिल्ममा विदेशी प्राबिधिकले पर्दा पछाडिको काम सम्हालेका छन  । अन्य फिल्ममा जस्तो रोमान्स रोना धोना र आइटम गीतलाई स्थान नदिएर सामाजिक परीबेशलाई फिल्मको पर्दामा उतारिएको निर्माण उनिट्लेजानकारी गराए । करुणा शर्माको कन्सेप्ट कथामा तयार गरिएको सो फिल्ममा सन्दिप क्षेत्री,सृष्टी घिमिरे, हिमाली दिक्षित, सरिता गिरी,दया लगायतका प्राय नया कलाकारहरुको अभिनय रहेको छ। फिल्मले भिभिन्न फिल्म  महोत्सबमा दर्शक समीक्षकको प्रसंसा पाइसकेको छ ।

%d bloggers like this: