Wed. Apr 24th, 2024

काठमाडौं, वैशाख ६ । चकलेटी अभिनेता आर्यन सिग्देल यथार्थमा प्रेमलाई विवाहमा परिणत गरिसके । केही समय पहिल्यै जुरेको लगन छोप्दै प्रेमिका सपना भण्डारीसँग उनले शनिवार झ्याइँ पारेका हुन् ।  तर, उनको पर्दामा भने प्रेम देखिने छ । पर्दामा प्रेम (फिल्म नोभम्बर रेन’ देखिने लगन सरेर बैशाख १२ गते पुगेपछि आर्यनको यथार्थमा विहे भएपछि पर्दामा प्रेम देख्नुपर्ने भएको दर्शकलाई ।
सपनालाई लिन आर्यन थानकोटस्थित आफ्नो घरबाट बानेश्वरको एक ब्यांक्वेटमा पुगेका थिए । करिब ३ सय जन्ती सहित आर्यन सपनालाई लिन पार्टी प्यालेसमा पुगेका हुन् । सपनाको घर जोरपाटी हो । आर्यन र सपनाविच ६ बर्Èको उमेर अन्तर छ । आर्यन ३२ बर्Èका भए भने सपना २६ बर्Èको भइन् । आर्यनले बिहेमा दौरा सुरुवाल र ढाकाटोपी लगाएका थिए । बिहेमा आर्यनका निकटत साथी तथा आफन्त मात्र सहभागी थिए । चलचित्रकर्मीलाई भोली हुने बिहे भोजमा मात्र निम्तो गरिएको छ । आर्यन र सपनाले गतबर्Èको दशैमा इन्गेजमेन्ट गरेका थिए ।
युवती फ्यान फ्लोअर उच्च भएका आर्यनले सपनालाई यथार्थकी संगीनी बनाउँदा आर्यनलाई सपनामा आफ्नो राजकुमार देख्ने कति युवतीका सपना धुलिसात भए होलान् ! तर, यसको असर उनको फिल्ममा कत्तिको देखिएला ? भन्ने चर्चा भने चलिरहेको छ । स्वभाविकै रुपमा फिल्मको दर्शक बटुल्न उसको क्रेजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यसैमाथि प्रेमकथामा आधारित फिल्म खेल्नेका लागि फ्यानले फिल्मको व्यवसायिक सफलतामा अर्थ राख्छन् । यसको नाफाघाटा वैशाख १२ गतेपछि देखिनेछ ।

%d bloggers like this: