Tue. Apr 23rd, 2024

काठमाडौँ, बैशाख ३। नेपाली फिल्म उद्द्योगमा २०७० सालमा एकाद फिल्म बाहेक अन्य खासै सफल बन्न नसकेता पनि २०७१ सालको सुरुवात भने उत्साहजनक देखिएको छ । गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नु ल २’ले देशै भर अहिले सम्मकै सबै रेकर्ड तोड्न सफल भएको छ ।
रिलिज भएको दिनदेखि नै सबै स्थानमा हाउसफुल रही आक्रमक व्यापार गरेको फिल्मले देशकै सर्वाधिक सिंगल डे कलेक्सन गर्न सफल त भयो नै पाचौ दिन सम्म पनि हाउसफुल रहदै सर्बाधिक कमाई गर्ने फिल्म बन्न सफल भएको छ । बिकाश आचार्य निर्देशित फिल्म ले छड्के ,लुट जस्ता फिल्म को फस्ट डे कलेक्सनलाइ तोड्दै ५ दिनमै झन्डै पौने दुई करोड कमाएको हो ।
प्राप्त जानकारी अनुसार पहिलो दिनको फिल्मको देशभर लेक्सन ७५ लाखको हाराहारीमा रहेको थियो भने ५ दिन सम्म आइपुग्दा करिब १ करोड ८० लाख को ग्रस कलेक्सन गर्न पनि सफल भएको छ। फिल्मका निर्माण पक्ष ,वितरक र हल संचालकहरुले दिएको पछिल्लो जानकारी अनुसार फिल्मे अहिले सम्मकै सबै रेकर्ड ब्रेक गरेको छ।
फिल्मले पूर्वका सिंगल स्क्रिनमा समेत सवै शोहरु हाउसफुल भई उत्साहजनक व्यापार गरेको छ । काठमाण्डूका क्युएफएक्स , बिग , एफ्कुब लगायत मल्टीप्लेक्स हलहरुमा त हाउस्फुलका साथ दर्शक ऒहिरिए पछि शो नै बढाइएको थियो । गोपी ,गुणका तिन तिन ओटा हाल ,अस्ट ,गंगा ,कलंकी लगायतका देशै भरका हलहरुमा समेत फिल्म हालसम्म पनि हाउसफुल रहेको छ ।
4_n(1)
फिल्मले मोफसलका हलाहरुबाट हालसम्म कुल ८० लाख ग्रास गर्यो भने काठमाण्डू उपत्यका वितरक गोबिन्द शाहीका अनुसार शुक्रबार, शनिबार गरि झन्डै ३५ लाख व्यापार गरेको फिल्मे पाच दिन सम्म झन्डै १करोड माथि कमाएको छ ।यसरि हेर्दा फिल्मे अजै रेकर्ड तोड्दै ठुलो रकम कमाउने देखिन्छ। फिल्मको गित संगीत निकै राम्रो भएकाले फिल्म चल्नुमा पनि संगीतको ठुलो हात भएको बुझिएको छ ।

%d bloggers like this: