Tue. Apr 23rd, 2024

विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल–२’लाई दर्शकले ‘नाइँ’ भनेनन् । अघिल्लो हप्ता रिलिज भएको फिल्मले धेरै पछि नेपाली फिल्म लाग्ने थिएटरमा भीड जम्मा गरेको हो । पहिलो हप्तामै उत्रिनुपर्ने नेपाली फिल्मको नियतिलाई ‘ब्रेक’ गर्दै फिल्मले दोस्रो हप्तामा इन्जिन चलाएको छ ।
फिल्म रिलिजअघि बालगायक र अभिनेताअभिनेत्रीका कारण चर्चा कमाएको फिल्म दर्शकले रुचाएका छन् । अनुभव रेग्मी र सुज्ञानी भट्टराईको मुख्य भूमिका रहेको यस फिल्ममा देखासिकी गर्ने बालमनोविज्ञान प्रस्तुत गरिएको छ । उनीहरूको परिपक्व अभिनयले स्टार कलाकारलाई पनि टक्कर दिएको प्रतीत हुन्छ । कुनै दिन सडकमा गीत गाउँदै हिँडेको प्रतिभाशाली बालगायक प्रेम परियारको समधुर स्वरले संगीतलाई बढी जोड दिएको फिल्मलाई थप बलियो बनाएको हो । फिल्ममा जीवन लुइँटेल, प्रियंका कार्की, सरोज खनाल, सीताराम कट्टेललगायत कलाकारले अभिनय गरेका छन् ।

%d bloggers like this: