Tue. Apr 23rd, 2024

काठमाडौँ ,बैशाख ६।   राजधानीको सुन्धारास्थित सिभिल टेड्र सेन्टर (सीटीसी मल) मा पाँचतारे सुविधा भएको सिने-डी-सेफ फिल्म हल सञ्चालनमा आएको छ । हलको बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा अभिनेत्री निशा अधिकारीले उद्घाटन गरे । सिने-डी-सेफ नाम झैँ फिल्म र खानाको मज्जा एकै चोटी दिनु उद्देस्य रहेको छ ।

शुक्रबारदेखि दर्शकहरूका लागि शो खुला भएको सीटीसी मलको सातौं र आठौं तलामा दुई वटा सिने-डी-सेफ हल छन् ।सातौं तलामा सिनेडाइनमा ५८ सोफा सिट र आठौं तलामा १ सय ६९ सिट क्षमताको हल छ। यस हलमा फिल्म हेर्न तिन सय देखि ७ सय रुपैयाँसम्मको टिकटदर तोकिएको छ । सिनेडायनमा राखिएका सोफालाई आफू अनुकूल १ सय ८० डिग्रीसम्म ढल्काउन मिल्ने र एकदम लक्जरियस रहेको छ ।
       20140418022138_c34a5b5035f0671d69a82dd798c1ce8b@filmykhabar.com 
सिनेडायन र सिने थिएटरका छुट्टा छुट्टै लबी राखिएका छन् । दुवै थिएटरमा ककटेल, मकटेल, कन्टिनेन्टल, थाई, चाइनिज, इन्डियन, नेपाली परिकार अर्डर गरि स्टार होटेल को झैँ मज्जा लिन सकिन्छ । आफुले खान चाहेको खानाको छुट्टै शुल्क तिर्नुपर्छ । साथै हलमा फिल्म हेर्दै खाना सहित स्पा मसाजको समेत सुबिधा रहने छ ।
हलका प्रबन्ध निर्देशक गौरव गोयलले नेपालमा एउटा मनोरन्जन सहित सुबिधा सम्पन्न र स्टार हलको आवस्यकता देखिएकाले सिने-डी-सेफ खोलिएको बताए ।

%d bloggers like this: