पुरुषका लागि पनि अब लेगिन्स

एजेन्सी, लन्डन । महिलाले लगाउने गरेको लेगिन्स त सबैलाई सुनेको र थाहा भएकै हो तर बेलायतका दुई डिजाइनर कम्पनीले पुरुषले लागि पनि लेगिन्स तयार गरेका छन् । डिजाइनर लुक शिफेली र टम हन्टले पुरुषले लगाउने लेगिन्स बनाएका हुन् । उनीहरुले बनाएका लेगिन्स रसेल ब्राण्ड र जस्टिन बिबरलगायतका सेलिब्रेटीले समेत लगाइसकेका सो कम्पनीले जनाएको छ ।…

Read More

यसरी मनाए कलाकारले होली (फोटो फिचर)

फागु पूर्णिमा अर्थात् रंगहरुको पर्व होली राजधानीमा हर्सोल्लासका साथ मनाइँदैछ । मित्रता र सामाजिक सद््भावका जगाउने पर्वका रुपमा मनाइने यसपालिको होली कलाकारले पनि विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । केही वर्षयता अभिनेत्री आफ्नै निवास गादाबारीमा गर्दै आएको होली कार्यक्रमलाई निरन्तरता दिँदै यसपटक पनि मनाएको छ । करिश्माको होली निम्तोमा राजधानीबाट अधिकांश कलाकार आइतबार (आज) गादाबारी पुगे । यस्तै, सधैं झैं यसपटक पनि निर्माता छविराज ओझाले नमस्ते फिल्मस्मा होलीको कार्यक्रम राखे भने अन्य विभिन्न टेलिभिजन तथा एफएम रेडियोले आयोजना गरेको होली कार्यक्रम पनि कलाकारले भ्याए ।

Read More

यस्तो छ रोजलिन खानको होली फोटोसुट (फोटो फिचरसहित)

बलिउडमा एक से एक हट अभिनेत्री तथा मोडल छन् । ती हट मोडलबीच सेक्सी देखिने होडसमेत चल्दै आएको छ । यस्तै, मोडल तथा अभिनेत्री रोजलिन खानले यसपालिको होलीका लागि हट फोटोसुट गरिन् । आफ्नो समर्थकका लागि भन्दै समुद्रमा बिकिनीमा खिचाएका उनका तस्बिर होलीकै दिन विभिन्न भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ‘टु पिस’ माथि सानो तौलाइ कम्मर मुनि बाँधेर खिचाएको फोटामा उनलाई सेक्सी तथा मादक देखिएको छ ।

Read More

होली खेल्दै पर सर्यो ‘नोभेम्बर रेन’

फिल्म नोभेम्बर रेनले होलीको पूर्वसन्ध्यामा होली खेल्दै रिलिज मिति पर सारेको घाषणा गरेको छ । शनिवार राजधानीमा पत्रकारसँग फिल्म युनिटले गरेको होलीको कार्यक्रममा पब्लिसिटी नपुगेको भन्दै एक महिना पर सरेको जानकारी गराइएको हो । बिजुलीबजार आयोजित कार्यक्रममा फिल्मका तीन मुख्य कलाकारआर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङलगायतले पत्रकारसँग होली खेलेका थिए ।

Read More

दुई फिल्मकर्मीले गरे गोप्य बिहे

कलाकार शान्ति गिरी र सिनेम्याटोग्राफर शैलेन्द्रध्वज कार्कीले कुनै पत्तो बिना नै बिहे गरेका छन् । फिल्म ‘फिटकिरी‘ हिरोइन शान्ति गिरि र सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले गत फागुन २५ गते बिहे गरेको खुलेको छ । यी दुइ सिनेमा ‘झिग्राना’ को शुटिङ ताका नजिकिएका थिए ।

Read More

धुर्मुस-सुन्तलीको छोरी

हास्य टेलिसिरियल मेरी बास्सैबाट धेरै नेपालीको मन जित्न सफल धुर्मुस( सिताराम कट्टेल) एबम सुन्तली ( कुञ्जना घिमिरे) छोरीका आमाबाबु बनेका छन । टेलिसिरियल खेल्दा खेल्दै यी दुइले २०६५ सालमा प्रेम पछि बैवाहिक जिवनमा बाँधिएका थिए । पछिल्लो समय निकै चर्चित यो जोडीलाई शुक्रवार बिहान पुत्रीलाभ भएको हो। नर्भिक अस्पतालमा बिहान साढे सात बजे कुञ्जनाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

Read More

कोरियन ‘ब्ल्याक याक’ मा दिक्पाल कार्की

मोडल दिक्पाल कार्की केही सााताभित्रै ‘एरिरङ’लगायत दक्षिण कोरियाका विभिन्न टेलिभिजनमा छाउँदै छन् । -याम्प तथा म्युजिक भिडियो मोडलिङमा आफूलाई थोरै समयमै स्थापित गरेका दिक्पालले एक कोरियन टेलिभिजन विज्ञापनमा मोडलिङ गरेका छन्, जुन विज्ञापनमा केही साताभित्र त्यहाँको टेलिभिजन च्यानलबाट ‘अन इयर’ हुने बताइएको छ ।

Read More

‘फिटकिरी’बाट ‘एडल्ट’को ट्याग हट्ने अर्जनुकुमारको आशा

फिल्म चपली हाइटबाट निर्माताका रुपमा अग्लो हाइट बनाएका अर्जुन कुमार एडल्ट फिल्ममेकरको ट्याग हटाउन चाहिरहेका छन् । यो फिल्मबाट त्यो ट्याग हटाउन प्रयास गरेको आफैले खुलाएका हुन् । ‘फिटकिरी’लाई युनिभर्सल सर्टिफिकेट दिलाउन कोसिस गरेको हुँ, यसका लागि थोरै कम्परमाइज गरेको थिएँ,’ उनले भने । उनको प्रयास सफल त भयो, तर पिजी सर्टिफिकेट पायो ।

Read More

किन ढाँट्नु, सेक्सको अनुभव गरिसक्या’छु : अप्सना थापा

गुल्मीको तम्घासस्थित होटल मझेरी । एउटा कोठामा अप्सना थापा । कालो वानपिस पहिरनमा अप्सनाले कामुक मुस्कान छर्दै भनिन्, ‘यतिसम्म त देखाउन सक्छु ।’ तर उनी विस्तारै खुल्दै थिइन् । झ्यालबाट रेसुंगा लेक छर्लंग देखिन्थ्यो । उनी त्यतैतिर फर्केर ‘बोल्ड पोज’ दिइन् । ‘बोल्ड पोज’ दिएपछि केही लजाएजस्तो गरी ओठ टोक्दै उनले भनिन्, ‘यतिले त पुग्छ होला है ।’

Read More

दोहोरी प्रतिष्ठानले गर्यो संगीतकर्मी सभासद्लाई सम्मान

गीतसंगीत क्षेत्रमा लामो समय योगदान गरेका चार सभासद सम्मानित भएका छन् । लोकदोहोरी प्रतिष्ठानले १२ औ वषर्षिकोत्सवको अवसरमा सम्मान गरेका हो । प्रतिष्ठानले राजधानीमा कार्यक्रम गरेर सभासद जेबी टुहुरे, सिन्धु जलेसा, मधु गुरुङ्ग र तप्पबहादुर बिष्टलाई सम्मान गर्‍यो । कार्यक्रमका प्रमुख अतिथी रहेका सभामुख सुवास नेम्वाङले सम्मानित संगीतकर्मी सभासदलाई खादा र सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । आफूलाई सभासदमा निर्वाचित गराउन गीत गाएर सहयोग गरेको भन्दै प्रतिष्ठानका उपाध्यक्ष बद्री पंगेनीलाई धन्यबाद समेत दिएका थिए read more:

Read More