Fri. Mar 29th, 2024

काठमाडौं, फागुन ३० । फिल्म चपली हाइटबाट निर्माताका रुपमा अग्लो हाइट बनाएका अर्जुन कुमार एडल्ट फिल्ममेकरको ट्याग हटाउन चाहिरहेका छन् । यो फिल्मबाट त्यो ट्याग हटाउन प्रयास गरेको आफैले खुलाएका हुन् । ‘फिटकिरी’लाई युनिभर्सल सर्टिफिकेट दिलाउन कोसिस गरेको हुँ, यसका लागि थोरै कम्परमाइज गरेको थिएँ,’ उनले भने । उनको प्रयास सफल त भयो, तर पिजी सर्टिफिकेट पायो ।
‘चपलीहाइट’ले नाम र दाम दिलाएपनि सँगै जोडिने एडल्टले गर्दा उनलाई असजिलो अनुभूति हुने रहेछ । राजधानीमा हालै गरिएको पत्रकार भेटघाटपछि उनले यस्तो खुलाएका हुन् । अर्काे हप्ता रिलिज हुने फिटकिरीबारे जानकारी दिन पत्रकार भेटघाटको आयोजना गरिएको थियो । अन्र्तक्रियात्मक कार्यक्रममा ‘फिटकिरी’ का निर्माता–निर्देशक सम्बन्धमा दरार आएको प्रष्टिएको थियो । फिल्मको निर्देशन अनुप बरालले गरेका छन् । निर्मातामध्य अर्जुनकुमारको सम्बन्ध निर्देशकसँग िचिसिएका हुन् । रंगमञ्चमा चर्चित अनुपले पहिलोपल्ट फिल्म निर्देशन गरेका हुन् । पत्रकार भेटघाटमा यी दुईबीचको चिसो सम्बन्धलाई लिएर नै बढी प्रश्न तेसिर्एपछि सम्बन्ध चिसै रहेको खुलेको हो ।

पत्रकार यज्ञशको पटकथा रहेको फिल्मलाई थ्रिलर फिल्म भनिएको छ । फिल्मका मुख्य भूमिकामा अभिनेता सौगात मल्ल, निर्देशकका पहिचान बनाइसकेका निश्चल बस्नेत, दिया मास्के, शान्ति गिरीलगायत छन् ।
यसैगरी यसपटकको होलीको उद्घाटन गर्ने पनि फिटकिरी फिल्म युनिट नै भएको छ । फिल्म रिलिज अगावै अस्ट्रेलिया, जापान, फिनल्यान्ड र केही खाडी मुलुकमा प्रदर्शनका लागि अधिकार बेचिए सकिएको जानकारी दिइएको छ ।

%d bloggers like this: