Fri. Apr 19th, 2024

काठमाडौं, १ चैत्र । कलाकार शान्ति गिरी र  सिनेम्याटोग्राफर शैलेन्द्रध्वज कार्कीले कुनै पत्तो बिना नै बिहे गरेका छन् । फिल्म ‘फिटकिरी‘ हिरोइन शान्ति गिरि र सिनेम्याटोग्राफर शैलेन्द्रध्वज कार्कीले गत फागुन २५ गते बिहे गरेको खुलेको छ । यी दुई सिनेमा ‘झिग्राना’ को शुटिङ ताका नजिकिएका थिए ।शान्ति गिरी लामो समय देखि रंगमन्चमा सक्रिय छिन भने शैलेन्द्रध्वजले नेपाली सिनेमाका चर्चित सिनेम्याटोग्राफरको छबि बनाएका छन्।

बिहेको कुरा मिडियामा जानकारी नगराईए पनि ‘फिटकिरी’ यूनिट पनि यी दुइको बिहेमा सहभागी भएको बुझिएको छ। यहि चैत्र ७ बाट प्रदर्शन हुने फिल्म ‘फिटकिरी’मा भने नायक सौगात मल्लकी श्रीमतीको को रुपमा गिरी देखिने छिन । बैबाहिक जीवनको यी दुवैलाई शुभकामना !

%d bloggers like this: