Thu. Mar 28th, 2024

काठमाडौं, चैत्र १ । फिल्म नोभेम्बर रेनले होलीको पूर्वसन्ध्यामा होली खेल्दै रिलिज मिति पर सारेको घाषणा गरेको छ । शनिवार राजधानीमा पत्रकारसँग फिल्म युनिटले गरेको होलीको कार्यक्रममा पब्लिसिटी नपुगेको भन्दै एक महिना पर सरेको जानकारी गराइएको  हो । बिजुलीबजार आयोजित कार्यक्रममा फिल्मका तीन मुख्य कलाकारआर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङलगायतले पत्रकारसँग होली खेलेका थिए । कार्यक्रममा अभिनेता सिग्देलले आफू मिडियासँग टाढा नभएको तर त्यस्तो देखिएको भन्दै मिडियासँग नजिक भएर रमाउन चाहेको बताए । अभिनेता सिग्देल र सुवास गिरीले निर्माण गरेको दिनेश राउत निर्देशित ‘नोभेम्बर रेन’ वैशाख १२ मा सरेको छ । उक्त समयमा रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई र निश्चल बस्नेतको मुख्य भूमिका भएको कमेडी फिल्म ‘कबड्डी’ रिलिज हुने तय यसअघि नै भइसकेको छ ।

nver

%d bloggers like this: