Fri. Apr 19th, 2024

काठमाडौं,फागुन २९ । गीतसंगीत क्षेत्रमा लामो समय योगदान गरेका चार सभासद सम्मानित भएका छन् । लोकदोहोरी प्रतिष्ठानले १२ औ वषर्षिकोत्सवको अवसरमा सम्मान गरेका हो । प्रतिष्ठानले राजधानीमा कार्यक्रम गरेर सभासद जेबी टुहुरे, सिन्धु जलेसा, मधु गुरुङ्ग र तप्पबहादुर बिष्टलाई सम्मान गर्‍यो । कार्यक्रमका प्रमुख अतिथी रहेका सभामुख सुवास नेम्वाङले सम्मानित संगीतकर्मी सभासदलाई खादा र सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । सभालाई सम्बोधन गर्दै सभामुख नेम्वाङले कलामा ठूलो शक्ति हुने बताए । उनले भने, ‘हामील्े समय लिएर पनि बुझाउन नसकेको कुरा कलाकारले सजिलै र चाँडो जनतालाई बुझाउन सक्छन् ।’  आफूलाई सभासदमा निर्वाचित गराउन गीत गाएर सहयोग गरेको भन्दै प्रतिष्ठानका उपाध्यक्ष बद्री पंगेनीलाई धन्यबाद समेत दिएका थिए  । प्रतिष्ठानले लोक संस्कृति संरक्षणका लागि पहल गर्न सभासदहरुसँग आग्रह गरेको छ । लोक गायक बद्री पंगेनीले लोक संस्कृति जगेर्नाका लागि अग्रसर हुन सभासदसँग आग्रह गरे । सम्मानित भएका सभासदले पनि मौलिक परम्परा, संस्कृति संरक्षणमा योगदान गर्ने प्रतिवद्धता जनाए ।कार्यक्रममा नाम चलेका कलाकारले लोक तथा दोहोरी गीत, मौलिक नृत्य लगायत प्रस्तुत गरेका थिए । संस्कृतिविद् सत्यमोहन जोशीले मुलुक लोक गीत तथा संस्कृतिमा धनी भएर पनि सरोकारवाला निकायले कम चासो दिएकोमा चिन्ता व्यक्त गरे ।

संगीतकर्मी सभासद जेबि टुहुरेलाई सम्मानपत्र हस्तान्तरण गर्दै सभामुख सुवास नेम्वाङ (माथि)

IMG_0832

सभामुखलाई मायाको चिनो दिदै प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा

%d bloggers like this: