Sat. Apr 27th, 2024

काठमाडौं, ३० फागुन । मोडल दिक्पाल कार्की केही सााताभित्रै ‘एरिरङ’लगायत दक्षिण कोरियाका विभिन्न टेलिभिजनमा छाउँदै छन् । -याम्प तथा म्युजिक भिडियो मोडलिङमा आफूलाई थोरै समयमै स्थापित गरेका दिक्पालले एक कोरियन टेलिभिजन विज्ञापनमा मोडलिङ गरेका छन्, जुन विज्ञापनमा केही साताभित्र त्यहाँको टेलिभिजन च्यानलबाट ‘अन इयर’ हुने बताइएको छ ।

dikpal 3

अन्नपूर्ण आधार शिविरमा कोरियन चलचित्रका सुपर स्टार जो इन सङसँग दिक्पाल

दिक्पालले कोरियाको एक पहिरन कम्पनीले तयारी गरेको नयाँ डिजाइनको जाडो तथा हिउँमा लगाउने ज्याकेट तथा जुत्ताको ब्रान्ड ‘ब्ल्याक याक’ मा यो साता मोडलिङ गरेका छन् । कोरियन निर्देशक जोनो थोङद्वारा निर्देशित उक्त विज्ञापनको केही दिनअघि अन्नपूर्ण आधार शिविरमा १० दिन लगाएर छायांकन गरिएको छ । उक्त विज्ञापनमा दिक्पालसँग कोरियन चलचित्रका सुपर स्टार जो इन सङले पनि अभिनय गरेका छन् । दिक्पालका अनुसार विज्ञापनका सुटिङका लागि कोरियाबाट ६० जनाको टोली नेपाल आएका थिए ।
कोरियन प्रोडक्टको विज्ञापनमा मोडिलङ गरेपछि दिक्पालले भने, ‘उनीहरूको र हामीमा धेरै फरक पर्दोरहे छ । प्राविधिक रूपमा त उनीहरू अब्बल छन् नै, टाइम पंच्युलमा पनि उत्तिकै ध्यान दिएको पाएँ ।’ उनी थुप्रै नेपाली मोडलमध्येबाट छनोटमा परेका थिए । ‘६ फिटको मोडल चाहिएको रहेछ’ दिक्पालले भने, ‘त्यसमा छनोटमा पर्न सफल भएँ ।’ उनले कोरियनसँग काम गर्ने अवसर पाएपछि केही नयाँ अनुभव हासिल गरेको बताए । अहिलेसम्म ¥याम्प र भिडियो मोडलिङमा मात्र देखिँदै आएका दिक्पालले चाँडै नेपाली चलचित्रमा पनि काम गर्न लागेको बताए । उनले भने, ‘मेरो रुचि चलचित्रमा अभिनय गर्नु पनि हो तर अब चाँडै रुचि पूरा गर्दै छु ।’

dikpal 1

अन्नपूर्ण बेस क्याम्पको आधार शिविरमा सुटिङका क्रममा दिक्पाल

%d bloggers like this: