Thu. Apr 25th, 2024

काठमाडौं, १ चैत्र । हास्य टेलिसिरियल मेरी बास्सैबाट धेरै नेपालीको मन जित्न सफल धुर्मुस (सिताराम कट्टेल) एबम सुन्तली ( कुञ्जना घिमिरे) छोरीका बाबुआमा बनेका छन । टेलिसिरियल खेल्दा खेल्दै यी दुइले २०६५ सालमा प्रेम पछि बैवाहिक जिवनमा बाँधिएका थिए ।  पछिल्लो समय निकै चर्चित यो जोडीलाई शुक्रवार बिहान पुत्रीलाभ भएको हो। नर्भिक अस्पतालमा बिहान साढे सात बजे  कुञ्जनाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । मधुमेहको शंकामा सुन्तलीलाइ अस्पताल भर्ना गरिएता पनि अपत्यारिलो  ढंगले सर्जरी गरेर उक्त शिशुलाइ जन्म दिईएको हो । ”आफ्नो पहिलो सन्तान हेर्न म निकै आतुर थिए । तर निकै बेर कुरेपछि मात्र छोरीको मुख हेरे अनि खुशीको स्वाश फेरे” धुर्मुसले खुसि हुदै बताए । अहिले आमा छोरी दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि उनले गराए।

%d bloggers like this: