यस्तो बनेछ १७ लाख रुपैयाँमा भिडियो

नेपाली फिल्ममा सबैभन्दा महंगो भर प्रचारित फिल्म ‘हँसिया’को गीत सार्वजनिक भएको छ । फिल्मका निर्देशक मिलन चाम्सले भिडियोको लागत १७ लाख रुपैयाँ पुगेको बताएका थिए । ‘हातमा आजको रातमा’ बोलको गीतमा प्रियंका कार्की र हेमा श्रेष्ठले फिचर भएका छन् । गीतमा दुई हिरोइन उत्तेजक भंगीमा प्रस्तुत गरिएको छ । रिनशा राईले कोरियोग्राफी गरेको र कल्याण सिंहद्धारा संगीतबद्ध यो गीतको छायांकन लागि ४ लाखको सेट डिजाइन गरिएको बताइएको थियो ।

Read More

‘फिटकिरी’मा हिन्दी फिल्म भन्दा तेब्बर दर्शक !

फिल्म फिटकिरी हेर्ने दर्शक बढ्न थालेका छन् । शुक्रवारदेखि रिलिज फिल्म ‘फिटकिरी’ शनिबार अधिकांस हल हाउसफुल देखिएका छन् । हिन्दी फिल्मको तुलनामा तेब्बर दर्शक रहेको हल संचालकको दाबी छ । एफक्युबमा भने नेपाली फिल्मले अहिलेसम्मकै धेरै दर्शक पाएको बताइएको छ । बिग मुभिज सिटीसेन्टरमा शनिवार साढे दुई बजेको शो ९५ प्रतिशत सिट भरिएका थिए ।

Read More

तीन डुंगामा सवार तर डुबेको छैन –अर्जुनकुमार

म जिन्दगीमा कहिल्यै पछाडि फर्केर हेर्दिनँ । पछाडि फर्किन थाल्यो भने अगाडि बढ्ने बाटो देखिन्नँ । बरु, अहिले के भइरा’छ त्यसमै ध्यान केन्द्रित गर्छु । ‘भविष्य बनाउन वर्तमान सपार्नुपर्छ’ भन्ने मेरो मान्यता हो । विगतमा रुमलिनुलाई समय बर्बाद गर्ने मेलो ठान्छु म । ‘मान्छेले दुइटा डुंगामा खुट्टा राख्नुहुन्न’ भन्छन् । होला पनि । तर, म दुई होइन, तीन–तीन वटा डुंगा (चित्रकारिता, गायन र फिल्म निर्माण) को सवारी गरिरहेको छु । यस्तो हुँदा पनि म डुबेको छैन । अहिलेसम्म बर्बाद भएको छैन । मान्छेले ब्यालेन्स गर्न जान्यो भने दुई त के जति वटा डुंगामा खुट्टा राखे पनि अघि बढ्न सक्छ भन्ने मेरो विश्वास छ ।

Read More

अशोकलाई उवा महासंघको सदस्यमा सिफारिस

काठमाडौं, चैत ७ । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यका लागि अशोक शर्मा चुनिएका छन् । नेपाल चलचित्र निर्माता संघको शुक्रवार बसेको बैठकले उनलाई फिल्म निर्माताका तर्फबाट सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उद्योगीहरुको छाता संगठन उद्योग वाणिज्य संघमा फिल्म क्षेत्रको प्रतिनीधित्व गर्न आकाश अधिकारी पनि इच्छुक देखिएका थिए । अन्तिम अवस्थासम्म आफ्नो पक्षमा लबिङ गरेका आकाश भोटिङ गर्नुपर्ने भएपछि ब्याक भएका हुन् ।

Read More

फेरि चलचित्र पत्रकार संघमा शान्तिप्रिय

कडा प्रतिस्पर्धाका साथ चलचित्र पत्रकार संघको छैटौ अधिवेशन बिहीबार राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले शान्तिप्रियको अध्यक्षतामा ११ सदस्यीय मनोनीत बाहेक नयाँँ कार्यसमिति चयन गरेको छ । जम्मा १३ सदस्यीय रहने संघमा दुईजनालाई मनोनीत गर्ने संघले जनाएको छ । चुनावी प्रक्रियाद्वारा चयन गरिएको कार्यसमितिमा शान्तिप्रियले आफ्ना प्रत्यासी डब्बु क्षेत्रीलाई उछिन्दै विजयी भएका हुन् । शान्तिपियको यो दोस्रो कार्यकाल हुनेछ । उनी अघिल्लो एक कार्यकाल अध्यक्ष रहिसकेका छन् । निर्वतमान अध्यक्ष विदुर गिरीले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा भए पनि दिएनन् । दुई उपाध्यक्षमध्ये कार्यक्रमतर्फ लक्ष्मण सुबेदी निर्विरोध भए भने संठगनतर्फ विष्णु सुबेदी विजयी भएका छन् ।

Read More

डिजाइनर बन्न नसकेका तेन्जिङ शेर्पा बने फिल्मको हिरो

कुनै समय उनलाई फेसन डिजाइनर बन्ने झोक चलेको थियो तर त्यतिखेरै गार्मेन्ट उद्योगमा ह्रास आएपछि एकाएक मन परिवर्तन गरे । फेसन डिजाइनर बन्न नसके पनि सफल इभेन्ट मेनेजर बनेका छन् तेन्जिङ फुर्वा शेर्पा । सन् २००१ देखि २०१४ सम्ममा आइपुग्दा तेन्जिङले थुप्रै परिचय बनाएका छन् । तीमध्ये उनलाई चिनिने परिचय हो, इभेन्ट मेजेनर । हेमा मानन्धरसँग भेट भएपछि ‘नेप्लिज फेसन होम’ स्थापना गरेर इभेन्ट मनेजमेन्टमा पाइला चालेका तेन्जिङ नेपाली चलचित्रमा ‘हिरो’ समेत भएका छन् । चलचित्रमा अभिनयपछि ‘हिरो’को परिचय त बनाए नै उनी शेर्पा समुदायको ‘प्रथम अभिनेता’ समेत ‘भएका छन् । नेपाली चलचित्र ‘राहदानी’ मा अभिनयपछि ‘हिरो’ भएका उनले भने, ‘शेर्पा समुदायमा अहिलेसम्म कोही हिरो छैनन्जस्तो लाग्छ । त्यसैले सायद मै हुँ पहिलो शेर्पा समुदायको हिरो ।’

Read More

चलचित्र पत्रकारको चुनावमा पुरानालाई नयाँ पुस्ताको चुनौती

चलचित्रसम्बन्धी समाचार लेख्ने पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । बिहिबार चलचित्र पत्रकार संघको छैटौ महाधिवेसनमा १३ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । यसपटक अध्यक्ष पदका लागि कडा स्पर्धा हुने भएको छ । फिल्म खबर साप्ताहिकका शान्तिप्रिय, राजधानी दैनिकका डब्बु क्षेत्री, कान्तिपुर टेलिभिजनका प्रदीप निरौला र सिनेयात्री मासिकका प्रधान सम्पादक आरडी शृंखला अध्यक्ष पदमा भिड्दैछन् । तीन वर्षे कार्यकालका लागि हुने यस निर्वाचनमा वर्तमान अध्यक्ष विदुर गिरीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिने सम्भावना देखिएको छ ।
त्यस्तै, सचिव पदका लागि शुक्रबार साप्ताहिकका डिबी खड्का र सिनेमा सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएका दिनेश सिटौला भिड्दैछन् । सचिवमै कुबेर गिरीले पनि उम्मेदवारी दिने चर्चा छ ।

Read More

सरकारको नीतिमा परेन चलचित्र

राजनीति दलका नेताले फेरि एकपटक कलाकारलाई पंगु बनाएको छ । दोस्रो संविधानसभा निर्वाचन ताका कलाकारलाई ‘प्रयोग’ गरेका थिए । सभासद् बन्ने सपना बुनेर ठूला राजीनित दलका नेताको पछि लागेर चुनावी मैदानमा उत्रिएका कलाकारलाई सरकारको नीति तथा कार्यक्रममा समेटिएको छैन । निर्वाचन ताका संगीतकर्मीदेखि चलचित्रकर्मीसम्म कुनै न कुनै पार्टीको प्रचारमा दिलोज्यान दिएर लागेका थिए । नेकपा माओवादीपछि सबैभन्दा बढी कांग्रेस र एमालेले कलाकारलाई चुनावमा ‘प्रयोग’ गरेका थिए । अहिले तिनै कांगे्रस र एमालेको संयुक्त सरकार छ तर, यही सरकारको आफ्नो नीति तथा कार्यक्रममा कलाकारलाई कुनै सम्बोधन गरेको छैन ।

Read More

सुब्रतको ‘अधकट्टी’ सुरु

सुब्रतको ‘अधकट्टी’ सुरु
नेपाल चलचित्र संघका महासचिबप्रदिप उदयले निर्माण गर्ने फिल्म ‘अधकट्टी’को शुटिंग सुरु भएको छ। फिल्म युनिट झन्डै ९ महिनाको गृहकार्यपछि फ्लोरमा उत्रिएको हो। पत्रकार टर्न निर्देशक सुब्रत आचार्यले पहिलो पटक ‘अधकट्टी’ निर्देशन गर्न लागेका हुन्। उनले फिल्ममा बेरोजगार युवाको कथा साथै ‘एक्सन’ भन्दा कुनै अनौठो अनुभव दिने प्रेम ‘अधकट्टी’ मा समेटिने बताए। साथै दैनिक देखिने, पढिने र सुनिने घटना कथाको स्वरुपमा चलचित्रमा उतारिने पनि निर्देशक आचार्यले बताए।

Read More

बि.एफ.एफ. बनाउदै टिन एजर्स

बि.एफ.एफ. बनाउदै टिन एजर्स
प्यासन ईन्टटेनमेन्ट र एलिजा ईन्टरनास्नलको संयुक्त ब्यानरमा “बि.एफ.एफ: बेस्ट फ्रेण्ड फरएभर” नामक फिल्म बन्ने भएको छ । हाल प्रि-प्रोडकस्नमा रहेको सो फिल्मको मुख्य कलाकारको लागि अहिले अडीसन भइरहेको छ । उत्सब थापलियाको निर्देशन गर्ने फिल्ममा लोचन आचार्यको लेखन रहेको छ। फिल्ममा निर्मान एसान अलिको रहने छ।

Read More