Thu. Apr 25th, 2024

काठमाडौं, ५ चैत । चलचित्रसम्बन्धी समाचार लेख्ने पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । बिहिबार चलचित्र पत्रकार संघको छैटौ महाधिवेसनमा १३ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।
यसपटक अध्यक्ष पदका लागि कडा स्पर्धा हुने भएको छ । फिल्म खबर साप्ताहिकका शान्तिप्रिय, राजधानी दैनिकका डब्बु क्षेत्री, कान्तिपुर टेलिभिजनका प्रदीप निरौला र सिनेयात्री मासिकका प्रधान सम्पादक आरडी शृंखला अध्यक्ष पदमा भिड्दैछन् । तीन वर्षे कार्यकालका लागि हुने यस निर्वाचनमा वर्तमान अध्यक्ष विदुर गिरीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिने सम्भावना देखिएको छ ।
त्यस्तै, सचिव पदका लागि शुक्रबार साप्ताहिकका डिबी खड्का र सिनेमा सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएका दिनेश सिटौला भिड्दैछन् । सचिवमै कुबेर गिरीले पनि उम्मेदवारी दिने चर्चा छ । सचिव पदका उम्मेदवारी डिबी खड्काले संघलाई सुधारको बाटोमा ल्याउन चुनावी मैदानमा उत्रेको बताएका छन् । महासचिव पदमा भने राजन घिमिरे र सन्दिप साापकोटा भिड्ने भएका छन् । वर्तमान महासचिव लक्ष्मण सुबेदीले उपाध्यक्ष पदका उम्मेदवारी दिने भएका छन् । सुबेदीको प्रत्यासीका रुपमा विष्णु सुवेदी र अन्नपूर्ण पोष्टका पत्रकार अशोक प्यासी राई उठ्दैछन् । कोषाध्यक्ष पदका सो समाचार बनाउँञ्जेल कुबेर डंगोल एक्ला उम्मेदवार छन् । चुनाव बिहीबार ज्ञानेश्वरस्थित एक पार्टी प्यालेसमा हुँदैछ ।

– एमपी सुब्बा
 
 
 

%d bloggers like this: