Tue. Apr 23rd, 2024

काठमाडौं, चैत ८ । नेपाली फिल्ममा सबैभन्दा महंगो भर प्रचारित फिल्म ‘हँसिया’को गीत सार्वजनिक भएको छ । फिल्मका निर्देशक मिलन चाम्सले भिडियोको लागत १७ लाख रुपैयाँ पुगेको बताएका थिए । ‘हातमा आजको रातमा’ बोलको गीतमा प्रियंका कार्की र हेमा श्रेष्ठले फिचर भएका छन् । गीतमा दुई हिरोइन उत्तेजक भंगीमा प्रस्तुत गरिएको छ । रिनशा राईले कोरियोग्राफी गरेको र कल्याण सिंहद्धारा संगीतबद्ध यो गीतको छायांकन लागि ४ लाखको सेट डिजाइन गरिएको बताइएको थियो । हेमा श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा प्रियंका अथिती कलाकार हुन् । फिल्ममा राजेश हमाल, अनुपविक्रम शाही, विशाल ढुंगानाको मुख्य अभिनय छ । दुर्गा घले निर्मित फिल्म जेठ ९ मा रिलिज हुने बताइएको छ । लौ, हेर्नुहोस् १७ लाख रुपैयाँ खर्चिएको भिडियो ः
https://www.youtube.com/watch?v=cIgEA3IuYT4

%d bloggers like this: