Wed. Apr 24th, 2024

काठमाडौं, ६ चैत । कडा प्रतिस्पर्धाका साथ चलचित्र पत्रकार संघको छैटौ अधिवेशन बिहीबार राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले शान्तिप्रियको अध्यक्षतामा ११ सदस्यीय मनोनीत बाहेक नयाँँ कार्यसमिति चयन गरेको छ । जम्मा १३ सदस्यीय रहने संघमा दुईजनालाई मनोनीत गर्ने संघले जनाएको छ । चुनावी प्रक्रियाद्वारा चयन गरिएको कार्यसमितिमा शान्तिप्रियले आफ्ना प्रत्यासी डब्बु क्षेत्रीलाई उछिन्दै विजयी भएका हुन् । शान्तिपियको यो दोस्रो कार्यकाल हुनेछ । उनी अघिल्लो एक कार्यकाल अध्यक्ष रहिसकेका छन् । निर्वतमान अध्यक्ष विदुर गिरीले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा भए पनि दिएनन् । दुई उपाध्यक्षमध्ये कार्यक्रमतर्फ लक्ष्मण सुबेदी निर्विरोध भए भने संठगनतर्फ विष्णु सुबेदी विजयी भएका छन् ।
त्यस्तै, महासचिवमा सन्दीप सापकोटा, सचिव दिनेश सिटौला र कोषध्यक्षमा कुबेर डंगााल विजयी भएका छन् । त्यस्तै, सदस्यमा निमेश गौतम, विजयी आवाज, गीता अधिकारी, सुमन गैरे र किरण खनाल चयन भएका छन् । १३ सदस्यीय कार्यसमितिमध्ये ११ चुनावी प्रक्रियाद्वारा चयन भएका छन् भने २ जनालाई संघले मनोनीत गर्ने छ ।
संघले अधिवेशनकै अवसरमा अनन्त वाग्लेलाई ‘चलचित्र पत्रकारिता सम्मान–२०७०’द्वारा प्रदान गरेको छ । संघले आफ्नो छैटौ अधिवेशनको अवसरमा वाग्लेलाई सम्मान गरेको हो । दुई दशकयता चलचित्र पत्रकारिता क्षेत्रमा रहेर चलचित्र तथा कला क्षेत्रमा योगदान पु¥याएको भन्दै वाग्लेलाई सम्मान गरिएको संघले जनाएको छ ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७०’ प्रदान गरिएको छ । पुरस्कार राशी १५ हजार ५ सय ५५ रहेको छ । सम्मानित तथा पुरस्कृत हुनेलाई कार्यक्रमका प्रमुख अतथि बरिष्ठ चलचित्रकर्मी यादव खरेल सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

%d bloggers like this: