Thu. Mar 28th, 2024

काठमाडौं, चैत ८ । फिल्म फिटकिरी हेर्ने दर्शक बढ्न थालेका छन् । शुक्रवारदेखि रिलिज फिल्म ‘फिटकिरी’ शनिबार अधिकांस हल हाउसफुल देखिएका छन् । हिन्दी फिल्मको तुलनामा तेब्बर दर्शक रहेको हल संचालकको दाबी छ । एफक्युबमा भने नेपाली फिल्मले अहिलेसम्मकै धेरै दर्शक पाएको बताइएको छ । बिग मुभिज सिटीसेन्टरमा शनिवार साढे दुई बजेको शो ९५ प्रतिशत सिट भरिएका थिए ।
सन्तोषजनक ओपनिङ गरेको फिल्म ‘फिटकिरी’मा शनिबार झन्डै तेब्बर भएपछि निर्माताद्वय अर्जुन कुमार र सुमित दंग परेका छन् । बिग मुभिजमा भेटिएका निर्माता सुमितले भने, ‘फिल्ममा दर्शक बढेका छन्, मल्प्लिेक्स मात्रै होइन सिंगल थिएटर पनि हाउसफुल चलेको छ ।’ अर्जुनकुमारले दर्शक बढ्नुको श्रेय माउथ पब्लिसिटीलाई दिएका छन् । उनले भने, ‘ओपनिङभन्दा पछि दर्शकको ओइरो लाग्नु फिल्म चल्ने राम्रो संकेत हो ।’ त्यसैगरी पहिलोपल्ट नेपाली फिल्म हेर्न नयाँ दर्शक आएको चर्चा पनि बिग मुभिजमा चलेको छ । बिग मुभिजका कर्मचारी राकेशले भने, ‘पहिलोपल्ट नेपाली फिल्ममा मारवाणी दर्शक अएको देखेँ ।’
रंगमञ्चमा खारिएका अनुप बरालले निर्देशन गरेको पहिलो फिल्म ‘फिटकिरी’ले बिदेशबाट नै झन्डै लगानीको आधा रकम उठाइसकेको छ । अन्य देशमा प्रदर्शनको अधिकार दिन बाँकी रहेकाले निर्माता आफ्नो लगानी सुरक्षित भएर नाफा कमाउनेमा ढुक्क देखिएका छन् । फिल्ममा सौगात मल्ल, दीया मास्के, निश्चल बस्नेत, शान्ती गिरी र निर्देशक बरालको पनि अभिनय रहेको छ ।

%d bloggers like this: