Fri. Mar 29th, 2024

काठमाडौं, ४ चैत । राजनीति दलका नेताले फेरि एकपटक कलाकारलाई पंगु बनाएको छ । दोस्रो संविधानसभा निर्वाचन ताका कलाकारलाई ‘प्रयोग’ गरेका थिए । सभासद् बन्ने सपना बुनेर ठूला राजीनित दलका नेताको पछि लागेर चुनावी मैदानमा उत्रिएका कलाकारलाई सरकारको नीति तथा कार्यक्रममा समेटिएको छैन ।
निर्वाचन ताका संगीतकर्मीदेखि चलचित्रकर्मीसम्म कुनै न कुनै पार्टीको प्रचारमा दिलोज्यान दिएर लागेका थिए । नेकपा माओवादीपछि सबैभन्दा बढी कांग्रेस र एमालेले कलाकारलाई चुनावमा ‘प्रयोग’ गरेका थिए । अहिले तिनै कांगे्रस र एमालेको संयुक्त सरकार छ तर, यही सरकारको आफ्नो नीति तथा कार्यक्रममा कलाकारलाई कुनै सम्बोधन गरेको छैन ।
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सायद सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइरहँदा कलाकारको ध्यान त्यसतर्फ तानिएको थियो तर उनीहरूले अपेक्षा गरेजस्तो कार्यक्रममा पर्न सकेन । सार्वजनिक गरिएको १४५ बुँदे नीति तथा कार्यक्रममा चलचित्रबारे केही उल्लेख छैन । बँुदा नम्बर ८४ मा ‘साहित्य, कला र संकृतिको विकासमा जोड दिइनेछ’ मात्र भनिएको छ । अरू कुनै सम्बोधन गरिएको छैन । सरकारले चलचित्र क्षेत्रलाई सम्बोधन नगरेर पनि समाजिक संजाल र अनलाइन मिडियालाई व्यवस्थित गर्नेमा जोड दिएको छ ।

%d bloggers like this: